हाम्रो सोच !! – अनुशा न्यौपाने

हाम्रो सोच !!    – अनुशा न्यौपाने

anusha

हातमा मोबाइल लिएर घरको सिकुवामा बसिरहेकी थिए. ।बाहिर टोलका साना भाइ बहिनिहरु खेलेको द्रिस्य हेर्दै थिए । मलाइ साना नानिहरु एकदम मन पर्छ बिसेस गरि उनीहरु संगै रमाएर खेल्न पाउदा फेरी बाल्यकालमा पुगेको अनुभब हुन्छ । उनीहरुले मलाइ पनि खेल्न बोलाए, पर्खा है त भनेर भित्र गएर मोबाइल फोन राखेर बाहिर आए केहि चक्लेट लिएर ।. जब उनीहरुको नजिक पुगे तब नजिकको अर्को टोल बाट आएका दुइ जाना साना बहिनिहरु (५-७ वर्ष का ) ले नाक छेडेर स्यानो डोरीको त्यान्द्रो लगाएको देखे ।.
म :आबुई नाक किन छेडेको नानी, दुखेन ?
नानीहरु (एकै स्वरमा) : पछी बिहा हुदैन रे नाक छेडेन भने , बरु हजुर पनि छेड्नु है दिदि ।
मा : कसले भन्यो यस्तो कुरा ?
नानीहरु : हो त । हामीलाई थाहा छ के । हाम्रो टोलको ५ ६ जानाले एकै चोटी छेडेको ।
म : किन बिहा हुदैन र ? बिहा भनेको के हो थाहा छ ?
नानीहरु : थाहा छ नि बेहुली भएर अर्काको घर जाने ।अनि थाहा छ दिदि बिहा भैहाल्यो भने पनि नाक छेडेन भने त छोयेको कसैले खादैन रे ।
म : दुखेन ?
नानीहरु : दिदि बन्दुकले छेड्नु पर्छ दुखादैन ।
(कस्तो बन्दुक होला , यहा बन्दुकले मान्छे मर्छन उनीहरु नाक छेड्ने कुरो गर्छन )
म: अनि पढ्नु पर्दैन है ? बिहा गरि हाल्ने तेसोभए ?
नानीहरु : स्कुल जादै छौ त भइ हाल्यो नि पछी ठुलो भर आखिर विहा गरेर गइ हाल्नु पर्छ ।
अर्की नानि जसले छेडेको थीइनन उनि भन्दै थिइन् . नाइँ म त छेद्दीन दिदि जस्तै धेरै पढ्छु है दिदी . । बिहा किन गर्नु पर्यो ? म त मामु बाबासंगै बस्छु ।
गुड गल भन्दै उसलाई लगायत सबैलाइ चकलेट बाडेर म फेरी भित्र आए .. ।नानीहरु को कुरो सुनेपछि मनमा आधिबेहरी खेल्न थाल्यो त्यहाँ बसिरहनु उचित लागेन ।
ति नानीहरुलाई सम्झेर माया लागेर आयो। हाम्रो समाजमा २१ सताब्दीमा आएर पनि यस्तो सोचाइको अन्त्य भएको रहेनछ। ती साना नानीहरु जसलाई बिहाको वास्तविक अर्थ पनि थाहा छैन जसले बिहालाइ शृंगार र मनोरन्जन भन्ने मात्र बुझेका छन् ,तिनीहरुलाई नै त्यसको डर देखाइदिएको रहेछ समाजले ।“भोलि मेरो बिहा होला कि नहोला ? भए पनि मैले छोएको सबैले खालान कि नखालान ?” उनीहरुलाई भबिस्य मा के बन्ने ? जीवन कसरि सुन्दर बनाउने , के लक्ष राख्ने ? के पढ्ने कति पढ्ने केहि चिन्ता छैन बरु चिन्ता त बिहाको पो छ । न त आफ्नो लक्ष्य अनि पढाइको केहि जानकारी नै ।
अहिले यस्तो कुरा गर्ने बालबालिकाहरुको भबिस्य के होला ?
छोरीहरुलाई राम्रो शिक्षा दिएर उनीहरुलाई सबल बनाउनु पर्नेमा किन यस्ता कलिला मस्तिस्कहरुमा यस्तो सोच भरिदै छ ?
दिनदिनै आधुनिकतासगै मानिस कहाँबाट काहा पुगिसक्यो ।तर पनि किन यस्ता कुराहरु हट्नुको साटो हाम्रा समाजका मानिसहरुले बढावा दिइरहेका छन् ?
तिमीले जीवनमा केहि गर्नु पर्छ . ।.आफ्नो खुट्टामा आफै उभिन सक्ने हुनुपर्छ। आफ्नो लागि परिवारको लागि केहि गरेर देखाउनु पर्छ भनेर पढाउनु पर्ने मा ती कलिला मस्तिस्कहरुमा तिमीले बिहा गरेर अन्तै जानु छ। यो तिम्रो घर हैन भनेर पढाइदै छ । किन, हामि अझै पनि परिवर्तन हुन सकेका छैनौ ?
बिराटनगर धेरै विद्वानहरुलाई जन्माउने सहर ।त्यसमाथि पनि तिनटोलिया त बिराटनगरकै सिक्षित टोल। धेरैविद्वानहरु बसोबास गर्ने क्षेत्र , धेरै बिध्यलाय क्याम्पस अनि सिक्षक , साहित्यकार आदिको जमघट भएको ठाउ हो। यहा त यस्तो छ भने ती दुर्गम गाउ जहा शिक्षाको ज्योति अझै पनि पुग्न सकेको छैन त्यस ठाउँको हालत के होला ? सोच्न जरुरि छ . ।

एकपटक सामाजिक कार्यमा लागेका हामि साथीहरुको एउटा सानो जमघट थियो ।स्वस्थानीको सिजन चलिरहेको थियो पत्रिकामा पनि स्वस्थानीको कालो पक्षको उजागर गरेरको एउटा लेख रहेछ पड्दै थिए । निकै घत लाग्यो, अनि छेउ कै साथीलाइ दिए . ।उहाले ब्रत लिनु भएको रहेछ आदि पढेर छोड्नुभयो। अनि सबैले पालो पालो गरेर पढ्नु भयो । एकजाना साथी ले पढ्ने बित्तिकै ठुलो आवाज मा भन्नुभयो यसलाई यो कुरो लेख्ने अधिकार कसले दियो ? अर्काको सोच लाइ परिवर्तन गर्न खोज्ने ? आफु ब्रत नलिनु नि किन लिने लाइ त्यस्तो भनेर लेख्नु ? अचम्म लाग्यो, यस्तो सामाजिक क्षेत्रमा लाग्नु भएको एक युवा हुनुहुन्छ अनि समाज परिवर्तन का कुरा गर्दै हिड्नु हुन्छ तर पनि यस्तो कुरा ।. तर त्यहाँ पनि मैले तर्क गर्नु उचित लागेन . ।
फेरी मन मा उकुसमुकुस भएर आयो . । आखिर किन हाम्रो सोचाइ परिवर्तन हुन सक्दैन ? समाज परिवर्तनको पक्षमा लागेकी एक लेखिकालाइ किन यस्तो क्रुर गालि जब आफु पनि तेही क्षेत्रमा हुनुहुन्छ ? नराम्रो लागेर आयो भित्रैबाट ।. समाज परिवर्तन का नाराहरु के नारामै सिमित भएका हुन् त ? किन हाम्रो मानसकिता अझ निरंकुस भैरहेको छ ?आखिर किन यो समाज यत्तिको आधुनिक समयमा आएर पनि त्यहि पुरानो सोचाइ लाइ अंगालि रहेको छ ? अनौठो लाग्छ आफुलाई शिक्षित भन्ने व्यक्तिहरुबाटै यस्ता कुरीति हरुलाई बढावा दिने काम भइरहेको छ ।.

किन कलिला मस्तिस्कहरुमा जीवन को गलत पाठ सिकईदै छ ? किन सामाजिक चेतना फैलाउन खोज्नेलाइ हतोत्साही पारिदै छ ? सोच्न जरुरि छ । भोलिका देशका कर्णधार बालबालिकाले सिकिरहेका र भोगिरहेका परिस्थितिहरु ।अनि युवाहरुको सोचाइको दुनिया । प्रत्यक मानिसले अब फरक ढंगबाट सोच्ने बेला आएको छ ।.. नत्र भने हाम्रो समाज अनि हाम्रो रास्ट्र सधै पछाडी नै रहनेछ . .....

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्