बिबेकसिल नेपालीको महिला हिंसाविरुद्ध जनचेतनामुलक कार्यक्रम

बिबेकसिल नेपालीको महिला हिंसाविरुद्ध जनचेतनामुलक कार्यक्रम

विवेकशील नेपाली समाज सेवा क्लबका जोशिला युवाहरुको समुहले आगामी असोज ४ गते शनिबार पाटनको मंगलबजारमा साँझ ४ बजे महिला हिंसाविरुद्ध  जनचेतना मुलक सडक नाटक प्रदर्शन गर्ने भएको छ । क्लबले जनचेतना जगाई महिला हिंसा अन्त्य गर्ने सोचका साथ् अभियान थालिएको संयोजक अविरल कार्कीले जानकारी दिनु भयो ।

जनमानसमा “बलात्कार र महिला हिंसा” सम्बन्धि रहेको गलत धारणालाई सच्याउन र संगसंगै सरकारको ध्यान आकर्षण गराउन यस्तो कार्यक्रम आयोजना गरेको संयोजक कार्कीले बताउनु भयो । क्लबले केही महिनादेखि यो कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

ओरेक नेपालद्वारा अभिलेखीकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरूबाट प्राप्त तथ्याङ्ककका आधारमा २०७१ बैशाख र जेठ महिनामा मात्र महिला हिंसाका ७९० वटा घटना समाचारमा आएका छन् । यसै गरी बिबेकसिल नेपालीले देश भरी नै यस कार्यक्रमलाई लगिने जानकारी दिएको छ । जस अन्तर्गत बिराटनगरमा पनि चाडै कार्यक्रम गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्