विराटनगर बजार दिनभर तनावग्रस्त

<span class='c1'>विराटनगर बजार</span> <span class='c2'>दिनभर तनावग्रस्त</span>

असोज २ विराटनगर ÷सडकको फुटपाथ क्लियर गर्ने बिषयमा ब्यापारी र सरोकारवाला निकायबीच बिबाद हुँदा आज बिहानैदेखि बिराटनगर बजार तनावग्रस्त बन्यो । उपमहानगरपालिकाले सडक पेटीमा बिक्रीका लागि राखिएका पसलेका समानहरु नियन्त्रणमा लिएपछि भएको बिबादका कारण आज बिहान बिराटनगर बजार लगभग ४ घन्टा बन्द भयो ।

बटुवालाई आवागमनमा अफ्ठयारो सृजना भएको भन्दै विराटनगर उपमहानगरपालिकासहित ट्राफिक सचेतना मञ्च, बडा प्रहरी कार्यालय विराटनगर र ट्राफिक प्रहरी सहितको टोलीले आज बिहान सडकका पेटी क्लियर गर्ने भन्दै व्यापारीले बिक्रीका लागि फुटपाथमा राखेका सरसामान कब्जामा लिएको थियो । टोलीले ब्यापारीका सामान कब्जामा लिने क्रममा ब्यापारी र टोलीबीच घम्साघम्सी समेत परेको थियो ।

टोलीले फुटपाथमा राखिएका ब्यापारीका सरसामान कब्जामा लिएपछि ब्यापारीहरु आक्रोशित भएका थिए । उनिहरुले फुटपाथ क्लीयर गर्ने नाममा दशैंको मुखमा आफुहरुलाई दुख दिन खोजेको आरोप समेत लगाए ।

यता ट्राफिक सचेतना मञ्चका अध्यक्ष रेबतबहादुर कार्की र ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख बिजय श्रेष्ठले ब्यापारीहरुले आवागमनमा अबरोध पुग्ने गरी सडक पेटी मिचेकाले संयुक्त अभियान चलाएर पेटी क्लियर गर्ने अभियान चलाइएको जानकारी दिनुभयो ।

प्रहरी सहितको टोलीले सरसामान कब्जामा लिएपछि ब्यापारीहरुको समूहले बिरोधस्वरुप पसल बन्द गर्न भन्दै मेनरोडको उत्तरतर्फ लागेका थिए । उनिहरु मेनरोडको बुधहाटचोकमा सडक अवरुद्ध गर्ने प्रयास गरेपछि पुगेको प्रहरीले सो ठांउबाट १४ जना ब्यापारीलाई नियन्त्रणमा लिएको थियो । व्यापारीलाई नियन्त्रणमा लिइएपछि तनाव झन बढेर गएको थियो । सो क्रममा ब्यापारीहरुले अन्य क्षेत्रका पसल समेत बन्द गराएका थिए । सोहि विषयलाई लिएर विवाद साम्य गर्न विराटनगर उपमहानगरपालिकामा आज दिउसो बार्ता भएको थियो । बार्तामा विराट व्यापार संघका अध्यक्ष रामजिवन अग्रबाल, गुद्री बजार व्यवस्था समितिका साहाब अहमद गुड्डु, घुम्ती पसल व्यवस्था समितिका डिल्लीप्रसाद अधिकारी, संयुक्त टोल नगर समन्वय समितिका राजेश मास्केसहित अनुगमन टोलीका प्रतिनिधिहरु सहभागि भए । बार्ताबाट अनुगमनका क्रममा नियन्त्रण गरिएका सरसामान एकपटकका लागि सचेत गराई फिर्ता गर्ने, व्यवसायीहरुले सडक पेटी छेउको नालाभन्दा भित्रपट्टिसम्म मात्र सरसामान राख्ने, बटुवालाई अवरोध हुने गरी समान झुण्ड्याउन नपाइने,सहमति भएपछि दिउसोबाट पुन बजार खुलेको थियो ।

सहमति भएसंगै नियन्त्रणमा लिइएका १४ जना ब्यवसायीलाई मुक्त गरिसकिएको प्रहरीले जनाएको छ । फुटपाथ व्यवस्थित गर्न उपमहानगरपालिकाले ५ दिनअघि निरन्तर बजार क्षेत्रमा माइकिंग गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्