ज्येष्ठ नागरिक दिवस विराटनगरमा भव्य तरिकाले मनाइने

ज्येष्ठ नागरिक दिवस विराटनगरमा भव्य तरिकाले मनाइने

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा विराटनगरमा भव्यरुपमा जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोवजना हुने भएको छ ।
जेष्ठ कम्युनिष्ट मञ्च मोरङ र मनमोहन स्मृति प्रतिष्ठानले आज विराटनगरमा छलफल कार्यक्रमको आयोजना गरी सो जानकारी गराएको हो । जेष्ठ कम्युनिष्ट मञ्च मोरङ र मनमोहन स्मृति प्रतिष्ठानले दशै र तिहार पश्चात विराटनगर भव्यरुपमा जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रममा आयोजनागर्ने जनाएको छ । कार्यक्रमको उद्घाटन राष्ट्रपति द्वारा गराउने भन्दै जेष्ठ कम्युनिष्ट मञ्च मोरङ अध्यक्ष्ँ केशवप्रसाद गौतमले राष्ट्रपति संग समय फिक्स भएपनि कार्यक्रमको मिति पनि तय गरिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्