विकासको काम प्रभावकारी भएन : पुर्व जनप्रतिनिधि

विकासको काम प्रभावकारी  भएन : पुर्व जनप्रतिनिधि

नेकपा एमालेका पुर्व जनप्रतिनिधिहरुले स्थानीय निकायमा राजनैतिक दलका प्रतिनिधि नभएको अबस्था विकासको काम प्रभावकारी रुपमा हुन नसकेको बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटि मोरङले आज बिराटनगरमा गरेको पुर्ब जनप्रतिनिधिहरुको भेलामा बोल्दै सहभागिहरुले स्थानीय निकायमा संस्थागत तथा कानुनी रुपमा नै भ्रष्टाचार भएको बताएका हुन् ।
गाबिस र जिल्ला विकास समितिमा अहिले जनप्रतिनिधि नभएको अबस्थामा विकासको लागि आएका बजेटको बारेमा समेत जानकारी नहुने गरेको पाईएको नेकपा एमालेका बेलवारी नगरपालिका का प्रतिनिधि शिव प्रसाद बरालले जानकारी दिनुभयो ।
योजना छनौटको बेला बोलाउने गरेको भएपनि पछिल्लो बजेट बाँडफाँड तथा आउने बजेटको बारेमा थाहा नै नहुने गरेको पथरीका प्रतिनिधि डम्मर चेम्जोङले बताउनुभयो ।
नेकपा एमालेका नेता भरतमोहन अधिकारीले स्थानीय निकायको निर्वाचन नहुँदा सम्म विकाको कामले गति लिन नसक्ने बताउनु भएाके छ । उहाँले माघ ८ मा नै संबिधान जारी गरी देशको विकासमा दलहरु लाग्ने भए संबिधान जारी गरे लगत्तै स्थानीय निकायको निर्वाचन गरी स्थानीय निकायमा जनप्रतिनिधि पुर्ति गर्नु पर्नेमा जोड दिनुभयो । एमाले र काँंग्रेसको सरकार गम्भीर भएर स्थानीय निकायमा लाग्नु पर्नेमा जोड दिनुभयो।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, मोरङ जिल्ला कमिटि अध्यक्ष महेश रेग्मी लगायतले स्थानीय निकाय जनप्रतिनिधि बिहीन लामो समय अल्झाएर राख्न नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्