सङ्घीयतासहितको संविधान निर्माण गर्न काँग्रेस प्रतिबद्ध : केसी

सङ्घीयतासहितको संविधान निर्माण गर्न काँग्रेस प्रतिबद्ध : केसी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयतासहितको संविधान निर्माण गर्न काँग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङले बिहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यसका निम्ति संविधानसभा भित्रका र बाहिर रहेका दललाई सहमतिमा ल्याउन प्रयास भइरहेको स्पष्ट पार्नुभयो ।
तोकिएको समयमा संविधान निर्माण हुने विश्वास प्रकट गर्नुहुँदै उहाँले राजनीतिक संवाद समितिले विवादित विषयहरुलाई असोज १४ गतेभित्र छिनोफानो गरिसक्ने र कात्तिक महिनाभित्रमा संविधानको खाका आउने दाबी गर्नुभयो ।
सङ्घीय संरचना र शासकीयस्वरुपको विषयमा विवाद रहेको उल्लेख गर्नुहुँदै केन्द्रीय सदस्य केसीले जातीय आधारमा राज्यको निर्माण हुन नसक्ने र एक मधेस भौगोलिक दृष्टिकोणले पनि सम्भव नरहेकाले मधेसमा दुई, पहाडमा चार र राजधानीमा एक गरी सात प्रदेशको पक्षमा काँग्रेस रहेको स्पष्ट पार्नुभयो ।
उहाँले संविधानसभामाथि उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नरहेको प्रष्ट पार्नुभयो ।
सिके राउतले राष्ट्रको विखण्डनको विषयमा दिएको अभिव्यक्तिपछि पक्राउ परेको सम्बन्धमा पत्रकारहरुको जिज्ञासा राख्दा केन्द्रीय सदस्य केसीले नेपालप्रति आस्था राख्ने कसैले पनि राउतलाई क्षमा नगर्ने भन्दै यस विषयमा कानुनी प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।
एकिकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले सत्तारुढ गठवन्धनका कारण संबिधान समयमा जारी हुन नसक्ने बताउनु भएको छ । विहान रेडियो पुर्बेली आवाजसँगको कुराकानीमा प्रवक्ता शर्माले सत्तारुढ गठबन्धन यसरी नै अगाडी बढे समयमा नै संबिधान जारी हुन नसक्ने दाबी गर्नुभयो ।
उहाँले समयमा नै संबिधान जारी गर्न शासकिय स्वरुप र राज्य पुन संरचनाको विवाद समाधान गर्न एमाले र कांग्रेसले छलफल नै गर्न नचाहेको बताउनु भयो ।
शर्माले सत्तारुढ दलका जिम्मेवार नेताहरु विवाद समाधान समितिको बैठकमा समेत नजाने गरेको आरोप लगाउनु भयो । आफुहरुको प्रमुख एजेण्डा समयमा नै संघियता सहितको संबिधान जारी गर्ने रहेको भन्दै प्रबक्ता शर्माले सत्तारुढ दलहरुले समयमा नै संबिधान जारी गर्न नचाहेको बताउनु भयो ।
संसद अबरुद्ध बारे प्रवतmा शर्माले पहिले भएको सहमती कार्यान्वयन नगर्दासम्म संसद चल्न नदिने दाबी गर्नुभयो । सरकारले पहिला गरेको सहमती र सम्झौता कार्यान्वायन गरेपछि मात्र संसद सुचारु हुने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्