विराटनगरमा आँखा पाक्ने रोग

<span class='c1'>विराटनगरमा आँखा</span> <span class='c2'>पाक्ने रोग</span>

विराटनगर उपमहानगरपालिकामा आँखा पाक्ने रोग क्रमिक रूपमा बढ्न थालेको छ ।
विगत दुई सातादेखि सामान्य अवस्था रहेको आँखा पाक्ने समस्या नियन्त्रणमा आउन नसक्दा यतिखेर विकराल रूपलिन सक्ने सम्भावना देखिन थालेको छ ।
दूषित वातावरणका साथै आँखामा धूलो पर्ने कारण यो रोग लाग्ने सम्भावना रहन्छ । आँखा पाक्ने रोग लागेमा खासगरी आँखा चिलाउने, रातो हुनेलगायतका समस्या देखा पर्दछन् ।

यो रोगको सङ्कमण तीव्रगतिले फैलिने गरेकाले यात्रुबाहक बसका यात्रु, सार्वजनिक स्थलमा उपस्थित जनसमूहका साथै विद्यालय क्षेत्रमा यसको प्रभाव व्यापक रूपमा बढ्न थालेको छ ।

अरनिको उच्च मावि विराटनगरमा अध्ययनरत प्रिती झाले विद्यालयका दर्जनौँ विद्यार्थी यतिखेर आँखा पाक्ने रोगबाट ग्रसित रहेको बताउनु भयो । विराटनगरका आँखा अस्पतालहरुमा केही दिन यता यतिखेर आँखा पाक्ने समस्याबाट ग्रसित बिरामी आउनेक्रम तीव्र भएको अस्पतालले जनाएको छ ।
आँखा पाक्ने रोगबाट ग्रसित व्यक्तिले आँखा चिसो पानीले धुने, सफा रुमालले पुछ्ने, कालो चस्मा लगाउने र आवश्यक परेको खण्डमा आँखा जचाएरमात्र औषधि लिने चिकित्सकहरूले सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्