सामुदायिक मेलमिलापमा सेलर्डको कार्य उल्लेखनीय

सामुदायिक मेलमिलापमा सेलर्डको कार्य उल्लेखनीय

सामुदायीक मेलमिलाप कार्यमा सेलर्डले महत्वपूर्ण योगदान पुर्याएको आज विराटनगरमा पत्रकारहरँसँग भएको छलफल कार्यक्रममा जानकारी दिइएको छ ।
न्याय तथा कानुनको क्षेत्रमा काम गर्ने संस्था सेलर्डले स्थानीय समस्याहरुलाई सामुदायिक मेलमिलाप केन्द्रबाट नै मिलाउने गरेको सेलर्डका पूर्वाअञ्चल संयोजक गणेशराज लुइटेलले जानकारी दिनुभयो । उहा“ले मेलमिलाप केन्द्रमा राज्यले दण्ड गर्नुपर्ने बाहेकका सम्पती,अधिकार र प्रष्तिठास“ग सम्बन्धीत विवादलाई मिलाउने गरेको बताउनु भयो ।
संयोजक लुइटेलले विराटनगरका १८ वटा गाविसमा सामुदायीक मेलमिलाप केन्द्रमा ४ सय ८९ वटा केश उजुरी परेकोमा ४ सय १२ वटाको समाधान गरिएको जानकारी दिनुभयो ।यसैगरी यो कार्यक्रम संचालन भएपछि ५८ घरेलु हिंसा मुद्धा दर्ता भएको जानकारी दिइएको छ । विगत १० बर्षदेखि सामुदायिक मेलमिलापको कार्य गर्दे आएको सेलर्डले ८३ देखि ८७ प्रतिशत विवादहरु स्थानीय स्तरमा मिलाउने कार्य गरेको जानकारी दिइएको छ । यो संस्थाले झापा, मोरङ लगायतका जिल्लाहरुमा सामुदायिक मेलमिलापको कार्य गर्दे आएको छ । कार्यक्रममा विरष्ठ पत्रकार यज्ञ शर्मा, मकालु टेलिभिजका समाचार प्रमुख कमल पौडेल,राससका पूर्वाअञ्चल संयोजक शेखर रेग्मी लगायतका विभिन्न संचार क्षेत्रमा आवद्ध पत्रकार र सेलर्डका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्