चेतना बाँड्दै सडकमा

<span class='c1'>चेतना बाँड्दै</span> <span class='c2'>सडकमा</span>

Youth For Blood street awareness programरक्तदान सम्बन्धि जनचेतना फैलाउने उदेश्यका साथ विराटनगरमा सडक सचेतना अभियान सञ्चालन गरिएको छ । युथ फर ब्लडले विराटनगरको ट्राफिक चौकमा ३ बजेदेखि ५ बजेसम्म अभियान आयोजना गरेको थियो । सडकमा हिड्ने बटुवाहरुका लाइ मध्यनजर गर्दै आयोजना गरिएको यस अभियानका लागि युथ फर ब्लडका १५ जना स्वयमसेवकहरुले जनचेतना फैलाउने कार्य गरेका थिए । उनीहरुले किनमेल गर्न वा अन्य कार्यका लागि बजार आएका ५ सय भन्दा बढी व्यक्तिहरुलाइ सचेतना फैलाउनका साथै उनीहरुको रक्त समुह सहितको विवरण संकलन गरेको संस्थाका प्रतिनिधि निश्चल बस्नेतले जानकारी दिनु भयो । उहाँले दशै अगाडी यस्तै कार्यक्रमहरु देशको विभिन्न स्थानमा आयोजना गरिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्