जेसिस सप्ताह अन्तर्गत दोस्रो दिन वृद्धाहरुको स्वास्थ्य परिक्षण

जेसिस सप्ताह अन्तर्गत दोस्रो दिन वृद्धाहरुको स्वास्थ्य परिक्षण

विराटनगर जेसिसले मंगलबार विराटनगर – ११ मा रहेको विराटेश्वर वृद्धाआश्रममा रहेका वृद्धाहरुलाई फलफूत तथा स्वास्थ्य परिक्षण आयोजना गरेको छ ।
जेसिस सप्ताह अन्तर्गत दोस्रो दिन वृद्धाहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै भोजन समेत गराएको हो ।
वृद्धाश्रमा रहेका १७ जना वृद्धाहरुको स्वास्थय परीक्षण गरी उनीहरुलाई भोजन गराएको जेसिस अध्यक्ष टिपि आचार्यले जानकारी दिनुभयो । वृद्धाहरुको स्वास्थ्य परिक्षण विराटनगरमा रहेको कोशी अञ्चल अस्पताका डा.अमद गुरुङ र डा. उत्सव राईले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार गंगा सुवेदी जेसिसका पूर्व अध्यक्ष हरिबहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।
त्यसैगरी आज नै विराटनगरमा एक दिने पावर स्पेलिङ टे«निङको समेत आयोजना गरेको छ । यूवाहरुको व्यक्तित्व विकासमा सहयोग गर्न दिएको टेनिङमा ४४ जना यूवाको सहभागीता रहेको थियो । टेनिङको प्रशिक्षण पूर्व जेसिस अध्यक्ष सन्देशदास श्रेष्ठले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्