चामलको बोराभित्र पटाका बरामद

चामलको बोराभित्र पटाका बरामद

मोरङ्गको बिराटनगर २० स्थित हुलास मेटल चौकबाट प्रहरीले आज चामलको बोराभित्र लुकाएर ल्याउदै गरेको बिस हजार मूल्य बराबरको पटाका बरामद गरेको छ । प्रहरीले पटका ल्याउनै दुई जनालाई समेत नियन्त्रणमा लिएको छ ।
मोरङ्ग बनिगांमा ७ का १९ बर्षिय तेतरलाल साह र शिवनारायण चौधरीलाई चामलको बोराभित्र पटाका लुकाई ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
भारत जोगबनीबाट २ वटा साइकलमा चामलको बोरा राखी ल्याउदै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीबाट हुलास मेटल चौकमा खटिएको प्रहरीले चेकजांचको क्रममा दुई वटा बोरा भित्र पांच सय प्याकेट खोर्सानी पटाका बरामद भएको थियो ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय रानीले कानुनी प्रकृया सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्