बेचिन लागेका महिला जोगाउने प्रहरी महिना कै उत्कृष्ठ

बेचिन लागेका महिला जोगाउने प्रहरी महिना कै उत्कृष्ठ

नेपालबाट भारतिय बजार हुँदै ओमन बेच्न लग्दै गरेको अबस्थामा ८ जना महिलाको उद्धार गर्ने प्रहरी अधिकृत भदौ महिनाको पुलिस अफ् द मन्थ भएका छन् ।
ईलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरिक्षक ओम प्रकाश खनाल भदौ महिनाको पुलिस अफ द मन्थ हुनु भएको छ । क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले हरेक महिना उत्कृष्ठ काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्दै आउने क्रममा यो महिना उत्कृष्ट प्रहरीको रुपमा खनाल हुनु भएको हो ।
खनालले छोटो समयमा नै नेपाल–भारत सिमा क्षेत्रमा हुने गरेको चोरी तस्करी नियन्त्रण, आन्तरिक शुद्धिकरणकोख प्रभावकारी कार्यान्वयन, उल्लेख्य मात्रामा तस्करीका सामानहरु पक्रउ, तस्करहरुलाई निरुत्साहित गरि राजस्व असुलीमा बढोत्तरी गरेको उल्लेख गरिएको छ ।
त्यस्तै वोर्डर पारीका काउन्टर पार्टससंग विश्वसनिय पारस्परिक सम्बन्ध कायम गर्न सफल भएकोले वहांलाई उत्कृष्ट प्रहरीका रुपमा छनौट गरिएको प्रहरी नायव महानिरिक्षक नवराज सिलवालले जानकारी दिनुभयो ।
खनालले एक महिनामै चेलीबेटी वेचबिखन गर्न लग्दै गरेको ८ महिलालाई सिमा क्षेत्रबाट उद्धार गरी पुनस्थापना गराउनुभएको थियो । रानी क्षेत्रका होटल लजहरुमा हुने अनैतिक कृयाकलाप नियन्त्रण र त्यस्ता कृयाकलाप संचालन गर्ने होटल संचालकहरुलाई कार्वाहि तथा पिडित महिलाहरुलाई उद्धार एवं बैकल्पिक पेशामा पुनस्थापना गरेको सिलवालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्