बाख्राको मासु सहित एक पक्राउ, बजार अनुगमन कार्य तिब्र

बाख्राको मासु सहित एक पक्राउ, बजार अनुगमन कार्य तिब्र

जिल्ला अनुगमन समितिले विराटनगरको गुद्री बजारबाट खसीको मासु भन्दै बाख्राकोमासु विक्रि गर्ने एक जनालाई मासु सहित पक्राउ गरेको छ । विराटनगर उप–महानगरपालीकाका कर्मचारी हिरालाल यादवका अनुसार अनुगमन टोलीले विहिवार विराटनगरको गुद्री स्थित ईसराइ खसी मासु पसलबाट पसल सञ्चालक ईन्जार मियाँ सहित बिस किलो बाख्राको मासु पक्राउ गरेको हो ।
अनुगमन टोली पसल अगाडी आएको थाहापाएपछि भागेका मियाँलाई प्रहरीले शंका लागी लखेटेरे पक्राउ गरेको हो । अनुगमन टोलीले पसलमा विक्री गर्न राखीएको बाख्राको मासु समेत नियन्त्रणमा लिएको छ । अनुगमन टोलीमा विराटनगर उप–महानगरपालीका, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय , जिल्ला पशुसेवा कार्यालय , जिल्ला प्रहरी कार्यालय, उपभोक्ता मञ्च विराटनगरका प्रतीनिधिहरु रहेका थिए । त्यसगरि बाणिज्य कार्यालय विरराटनगरका प्रमुख नयराज नेपालका अनुसार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय , उपभोक्तावादी संघसंस्थाका प्रतिनिधि रहेको अनुगमन टोलीले मोरङको बेलबारी र विराटनगरमा दुई दर्जन पसलहरुमा गरेको अनुगमनमा हजारौं रुपैयाँ मुल्य बराबरको उपभोग्य मिति समाप्त भएका तेल, सोयाविन, घिउ , पेप्सीकोला, फेन्टा,स्प्राइट,डेउ , कोकाकोला, डाबर गुल्कोज डि, पाईनपल फ्रुट, रियल जुस, फिनेल, स्प्राईट , सुर्ति नस्ट गरेको छ । अनुगमन टोलीले वेलवारीका मुकेश स्टोर, अर्जुन किराना स्टोर , विराटनगरका विशाल स्टोर, बालाजी डेरी, राजेश किराना एण्ड जेनरल स्टोर , आरती किराना पसल , गाणेश किराना भण्डार लगायतका पसलमा अनुगमन गरेको थियो ।
त्यस्तै विराटनगर–१३ सोमवारेमा स्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय खाद्य निरीक्षक भरत पुरीको नेतृत्वमा गएको अनुगमन टोलीले हजारौं मुल्य बराबरको खाद्य सामाग्री नस्टगरेको छ । नष्ट गरेको सामानमा कस्तुरी घिउ , स्प्राईट, रियल जुस, डाबर गुल्कोज डी लगायतका समान नस्ट गरेको सो कार्यालयले जनाएको छ । महान चाडपर्व नजिकिएसंगै अनुगमन समितिले कालावजारी, गुणस्तरहिन सामान विक्री वितरण, मिसावट हुने अनुमान गरि बजार अनुगमनलाई जिल्ला ब्यापी रुपमा तिब्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्