बिराटनगरमा अनुगमन

बिराटनगरमा अनुगमन

मोरङको टंकिसिनवारी चौकाक खुद्रा पसललेहरुले भन्सार छली गरेर ल्याएका तोरीको तेल विक्रि वितरण गर्ने गरेको पाईएको छ ।
जिल्ला प्रशासन, वाणिज्य कार्यालय र पब्लीक फोरमसहितको संयुक्त अनुगमन टोलिले गरेको अनुगमनमा यस्तो पाईएको हो । अनुगमनका क्रममा टंकिसिनवारी चौकका अधिकांश खुद्रा पसल संचालकहरुले नेपालमा प्रतिबन्ध लगाईएको भारतिय दावत तोरिको तेल बिक्रि वितरण गरेको पाईएको थियो । अनुगमन टोलिले ५० लिटर सो तेल उनिहरुबा जफतगरी नष्ट गरेको छ । साथै अनुगमनका क्रममा राजसति किराना पसलले बिना अनुमति मदिरा जन्य पदार्थ बिक्रि वितरण गर्ने गरेको समेत पाईएको थियो । अनुगमन टोलिले सो पसलबाट १० थान सोफि मदिरा जफत गरी नष्ट गरेको थियो । साथै बिना अनुमति मदिरा जन्य पदार्थ नबेच्न निर्देशन समेत गरेको छ । अनुगमन टोलिले म्याद नाघेका खाद्य सामाग्री, क्यान्सरको चित्र अंकित नभएको र अन्तशुल्क नभएका सुर्तिजन्य पदार्थहरु जफत गरी नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्