मोरङको टंकिसिनवारीमा रहेको एक चप्पल फ्याक्ट्रीमा आगलागी हुदाँ एक करोड ५० लाख रुपैयाँ बढिको क्षती भएको छ । टंकिसिनवारी १ मा रहेको सुरभी पोलिमोर ईन्डष्ट्रिजमा आगलागी भएको हो ।
आगलागीबाट चप्पल उत्पादन हुने प्लान्ट नै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बिहान नौ बजेबाट शुरु भएको आगो १० बजे नियन्त्रणमा लिइएको छ । आगलागीबाट मेसिन, स्टोर, चप्पल बनाउने कच्चा पद्धार्थ समेत जलेको प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
आगो विराटनगर र इटहरीबाट आएको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको थियो ।