मोरङमा रहेका आधा दर्जनभन्दा बढी बाल गृह मापदण्ड नै पुरा नगरी संचालनमा

मोरङमा रहेका आधा दर्जनभन्दा बढी बाल गृह मापदण्ड नै पुरा नगरी संचालनमा

मोरङमा रहेका आधा दर्जनभन्दा बढी बाल गृह मापदण्ड नै पुरा नगरी संचालनमा रहेकाछन् । आज विराटनगरमा जिल्ला बाल क्ल्याण समिति मोरङ, साझा सवालका लागि साझा मञ्च (कोकन) को संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सरोकारवालहरुले बताएका बाल गृह मापदण्ड पुरा नगरी संचालनमा रहेको बताएकाछन् ।
जिल्लामा विभिन्न गैरसरकारी संघ संस्थाले संचालन गरेको गृह मापदण्ड पुरा नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । हाल मोरङमा ११ वटा बाल गृह जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपनि १० वटा मात्र संचालित छन् ।
मोरङमा एबिसि नेपाल , सान हातहरु, बाल क्लयाण गृह, माईती नेपाल, किंगडोम ईन्भेस्टमेन्ट नेपाल ओरेक नेपाल, पुर्वाञ्चल बाल सेवा गृह , सिविन हेल्पालाईन आपतकालिन बास र नमुना बाल गृह लगायतका गृह संस्थाहरुले संचालन गरिरहेका छन् ।
यि सबै प्रशासनमा दर्ता भएपनि भौतिक पुर्वाधार, खानेपनिको कमी र अंपागमैत्री हुन् नसकेको सिविन नेपालकी पुर्वाञ्चल निर्देशक विष्णु पौडेलले बताउनु भयो । जिल्ला बाल क्लयाण समितिमा हाल ५ वटा मात्र सुचिकरण रहेको छ भने थप बाकिँलाई चाडैँ सुचिकरणमा ल्याउने बाल क्ल्याण अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्