सवारी दुर्घटनामा परी एक वृद्द सहित दुई गम्भीर घाइते

सवारी दुर्घटनामा परी एक वृद्द सहित दुई गम्भीर घाइते

मोरङ्गको छुट्टा(छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी एक वृद्द सहित दुई गम्भीर घाइते भएका छन् ।
टंकिसिनुवारी १ कोशी राजमार्गमा को। १ ख १५०४ नम्बरको ट्कको ठक्करबाट को। १८ प ४३६५ नम्बरको मोटरसाइकलका चालक मोरङ्ग कटहरी ३ का २५ बर्षिय सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ भने ट्रकका चालक फरार रहेकोले खोजतलास भइरहेको छ ।
त्यस्तै कोशीहरैचा नगरपालिका ९ पूर्वपश्चिम राजमार्गमा को। १७ प १७४० नम्बरको मोटरसाइकलले पैदलयात्री सोही नगरपालिका १२ डेरागरी बस्ने ६० बर्षिय राजु अधिकारीलाई ठक्कर दिदा गम्भीर घाइते भएका छन् । उनको स्थानिय मेरीस्कट अस्पताल दुलारीमा उपचार भइरहेको छ । मोटरसाइकल अस्थाई प्रहरी चौकी बिराटचौकले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्