डा सि के राउतको रिहाईको माग राखेर राजमार्ग अवरुद्ध गर्ने तीनजना सदभावना पार्टीका कार्यकर्ता पक्राउ

डा सि के राउतको रिहाईको माग राखेर राजमार्ग अवरुद्ध गर्ने तीनजना सदभावना पार्टीका कार्यकर्ता पक्राउ

डा सि के राउतको रिहाईको माग राखेर सिरहाको लहानमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने तीनजना सदभावना पार्टीका कार्यकर्तालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका ३ बस्ने ५० वर्षिय देवकान्त सिंह, १८ वर्षिय भोलाजीत नेपाल र ४५ वर्षिय बालेश्वर यादव रहेका छन । पक्राउ परेका कार्यकर्ताहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्