मिसावट गरी खाद्य पदार्थ उत्पादन गर्ने १६ उद्योगमाथि मुद्दा दायर

<span class='c1'>मिसावट गरी खाद्य पदार्थ उत्पादन</span> <span class='c2'>गर्ने १६ उद्योगमाथि मुद्दा दायर</span>

पूर्वाञ्चल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०७०/७१ मा मापदण्ड विपरीत मिसावट गरी खाद्य पदार्थ उत्पादन गर्ने १६ उद्योगमाथि मुद्दा दायर गरेको छ ।
सूर्यमुखी तेल, सोयाविन तेल, खानेपानी, मसला, बिस्कुट, चकलेट, चिया र डेरी प्रोडक्ट उत्पादकहरूमाथि मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ ।
मोरङ, झापा, सप्तरी र सिरहामा सञ्चालित उद्योगबाट उत्पादित खाद्य वस्तुको नमुना सङ्कलन गरी जाँच गर्दा प्रतिकूल पाइएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ती उद्योग विरुद्ध मुद्दा दायर गरिएको कार्यालय प्रमुख उपेन्द्र रायले बताउनु भयो ।
कार्यालयले ५०० खाद्य वस्तुको नमुना सङ्कलन गरी अखाद्य पदार्थ उत्पादन गर्ने १६ वटा उद्योगमाथि मुद्दा दायर गरिएको हो । थप उद्योगहरूको उत्पादनको परीक्षण भइरहेको प्रमुख रायले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्