नेकपा (एमाले) मोरङले शुभकामना आदानप्रदन कार्यक्रमको आयोजना गर्ने

नेकपा (एमाले) मोरङले शुभकामना आदानप्रदन कार्यक्रमको आयोजना गर्ने

नेकपा (एमाले) मोरङले वडा दशैं, दीपावली, छठ, बकर इद, नेपाल सम्वत् लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना आदानप्रदन तथा चियापन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले निर्णय गरी अध्यक्ष महेश रेग्मीको संयोजकत्वमा १९ सदस्यीय कार्यक्रम तयारी समिति समेत बनाएको प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।
प्रचारविभाग प्रमुख चौधरीका अनुसार सबै जनवर्गीय संगठनहरू, पार्टीका नेता तथा कार्यकर्ताहरू, उद्योगी व्यवासायी एवं पेशाकर्मीहरू, विभिन्न राजनीतिक दलका नेताहरु, सञ्चारकर्मीहरू, शुभेच्छुक, शुभचिन्तक तथा सर्वसाधारण समेतको वृहद उपस्थितिमा आयोजना हुने सो कार्यक्रमलाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुहुने छ ।
उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोखरेलको उपस्थितिमा हुने सो समारोहलाई भव्यताका साथ सम्पन्न गर्न समितिले कामको बाँडफाँड सहित विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी दिने भएको छ ।
पार्टी कार्यालय पाञ्चालीमा हुने कार्यक्रममा अध्यक्ष ओली सहित नेताहरूले मुलुकको समसामयिक राजनीति र नयाँ बन्ने संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधानका विषयमा समेत चर्चा गर्नु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्