सेप लागेको बिरुवा ! – पुरुसोत्तम भण्डारी

सेप लागेको बिरुवा !   – पुरुसोत्तम भण्डारी

purusotam dai

चारैतिर ठुलो छहारी भएको रुखको सेप मुनि एउटा लिखुरे मरन्च्याँसे अग्लो बिरुवा छ ! त्यो बिरुवा लाई प्रसस्त मात्रामा हावा लागे पनि सुर्यको ताप र राप चाहिं कहिल्यै पर्दैन ! परिणामस्वरुप त्यो बिरुवा ले कहिल्यै आफ्नो वास्तविक रुप लिएर हुर्कन -बढ्न पाऊँदैना ! जता फर्क्यो उतै ठुलो रुखको छहारी ! ठुलो बर्षात आएर ठुलै हावा हुन्नरि अऊँदा अरु सरह दुख खेप्नु नपरे पनि आफु खुशी हुर्कने , बढ्ने र फैलिने मौका चाहिं कहिल्यै मिलेन !
बाटो हिड्ने बटुवा देखि लिएर कहिले-काहीं ओत लाग्ने र कहिले काहीं रात पनि बिताउने यात्रुहरु त्यो ठुलो रुखको छहारी मुनि सरण लिन अऊँछ्न ! उनीहरु कहिले समुहमा त कहिले एक्लै भए पनि आफ्ना दुख दर्द का कुराहरु एक-अर्कालाई सुनाऊछन र त्यो लिखुरे मरन्च्याँसे अग्लो बिरुवा पनि सबैका कुरा बडो चाख मानि मानि सुन्छ र त्यसैलाई नै वास्तविक संसार ठानेर कहिले मख्ख पर्छ , कहिले रिसले मुर्मुरिन्छ त कहिले त्यहीं ओर-पर लागेको हावा संगै एक कानले सुनेर अर्को कानले उडाईदिन्छ !
कहिले-काहीं त्यो लिखुरे मरन्च्याँसे अग्लो बिरुवा लाई हावा लागेको बेला कहिले कुन दिशा त कहिले कुन दिशा तिर ढल्काई दिन्छ !त्यस्तो बेलामा कहिले हावा मात्रै लाग्छ भने कहिले रापिलो /मधुरो /..घाम ले पनि तताई दिन्छ र त्यस्तो बेलामा त्यो बिरुवा के-के न पाए झैं फुरुङ्ग पर्छ ! सधैंभरि ठुलो रुखको छहारी को लागि मात्रै लोभ लिएर आउने यात्रुहरुले कहिले-काहीं उसको हाँगा ,पात र टुप्पो लाई छोएर खेलाएको महशुश गर्दा के के न पाए झैं झन् फुरुङ्ग पर्छ ! अर्कोतिर तिनै यात्रुहरुले त्यो लिखुरे मरन्च्याँसे अग्लो बिरुवा का पात , हाँगा र टुप्पा लुछेर यता-उति छारिदिदा खुत्रुक्कै हुन्छ ! उसलाई सबै यात्रु निष्ठुरी पो रहेछन जस्तो लाग्छ र कुन्ताको त लिखुरे झन् त्यसमाथि यात्रुहरुको क्रुरता देखेर धेरै दुखि हुन्छ !
यात्रु पनि थरि-थरिका हुन्छन ! सबै एकै नासका काहाँ हुन्छन र ! कोहि अलिक बढी संबेदनशील पनि हुन्छन ! त्यत्रो ठुलो रुखको सेपमा कसरि हुर्केको होला भनेर यसो सुम-सुम्याईदिन्छन ! तर , त्यस्ता खालका संबेदनशील यात्रुहरु धेरै कम हुन्छन ! धेरैजसो त आफ्नै स्वार्थले त्याहाँ अडिएका हुन्छन ! उनीहरुलाई आफ्नै पिडा हुन्छ ! कोहि आउने बित्तिक्कै पसिना पुछ्नथाल्छन , खकार थुक्न थाल्छन र झाडा -पिसाब फेर्न थाल्छन ! ठुलो रुख मुनिको त्यो लिखुरे मरन्च्याँसे अग्लो बिरुवा अलमल्ल पर्छ ! हेरेको हेर्यै गर्छ ! ठुलो रुखको छहारी मुनि को आफ्नो अस्तित्व को चिन्तन र चिन्ता गर्दै एकोहोरिन्छ !
समय चलिरहेको छ ! समय चलि नै रहन्छ होला ! सेप लागेको त्यो सानो , लिखुरे र मरंच्यासे बिरुवा ठुलो रुखको मुनि हुर्कनु पर्दाका फाईदा र बे-फाईदा बारे विचरण गर्दै दिन बिताईरहेको छ !
शहरीकरण को कारणले एक दिन त्यो ठुलो बिरुवा पनि काटिन्छ होला ! त्यस्तो बेला त उ झन् बढी लछार-पछार मा पर्छ होला ! उसलाई त झन् सजिल्यै उखॆलेर मिल्काईन्छ होला !
जीवन को असली रुप यहि त होला नि !
पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्