अघिल्ला घटना सामसुम पार्दा बलात्कारपछि हत्या गर्ने मनस्थितिमा पुगे पदम

<span class='c1'>अघिल्ला घटना सामसुम पार्दा बलात्कारपछि</span> <span class='c2'>हत्या गर्ने मनस्थितिमा पुगे पदम</span>

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानी बस्ने नविन गौतमकी १२ वर्षीया छोरी अंशुको बलात्कारपछि हत्यामा संलग्न आरोपमा छिमेकी ५९ वर्षीय पदम बहादुर अधिकारीलाई प्रहरीले आइतबार सार्वजानिक गरेको छ । उनलाई दुई दिन अगाडी शुक्रबार (मंसिर १९ गते) पक्राउ गरेर आइतबार सार्वजानिक गरिएको हो । अधिकारीले अंशुलाई चार किलोमिटर दुरी टाढा जंगलमा पु¥याएर बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीसँग आरोपीले दिएको बयानका आधारमा अंशुको बलात्कारपछि हत्या भएको थियो ।

गत असोज २१ गतेदेखि हराएकी अंशुको शव कार्तिक ७ गते लेटाङ नगरपालिका २ बेलबारी–चिसाङ साझेदारी वनमा भेटिएको थियो । तर, हत्या भने असोज २१ गते नै अधिकारीले गरेको खुलेको छ । घाँस काट्ने साथी लिएर गएका उनले बलात्कार गरे, अनि हत्या, प्रहरी उपरीक्षक कबित कटुवालले भने–उनले जंगल लैजादा नै उनलाई बलात्कार गर्ने उद्देश्य राखेको देखिन्छ ।

अंशु हत्यामा प्रहरीले ‘जस्टिक फर अंशु’ ज्याग अभियान नै सञ्चालन गरेको थियो । अपराधमा संलग्न व्यक्ति छिमेकमा भएपनि प्रहरीलाई नियन्त्रणमा लिन ४२ दिन लागेको थियो । कार्तिक ७ गते शव भेटेपछि प्रहरीले निरन्तर संलग्नको पहिचान गर्न अनुसन्धान गरिरहेको थियो । प्रहरी केन्द्र, प्रदेश, जिल्लाबाट ठूलो संख्यामा परिचालित समूह लेटाङमा थियो । यो अनुसन्धानमा वैज्ञानिक परीक्षण समेत धेरैजनामा गरिएको थियो । त्यसबाहेक कम्यूनिटी प्रोफाइलिङ्ग समेत गरिएको थियो । प्रहरीले सिंगो गाउँसँग नै बयान लिएको थियो । प्रहरी उपरीक्षक कटुवालका अनुसार ३०० जनासँग सोधपुछ र ५४ जनासँग लिखित कागज गराइएको घटनामा१२ जनामा पोलिग्राफ परीक्षण गरिएको थियो । त्यहिपनि अधिकारी सुरुमा घुमडुल र पछि भाग्न सफल भएका थिए ।

शव फेला परेको १२ दिनपछि कार्तिक १९ गतेमात्रै उनी भारततर्फ हिँडेका थिए । यति धेरैदिनसम्म पनि प्रहरी अपराधमा संलग्न अधिकारी हुनसक्छन् भन्ने अनुमानमा पुग्न सकेको थिएन । जब अधिकारीले कार्तिक १८ गते आफ्ना छोरालाई कारागारबाट निकालेर त्यसको भोलिपल्ट मेघालय हिँडे अनि मात्रै प्रहरीले उनमा अनुसन्धान केन्द्रीत गरेको देखिन्छ ।
अधिकारीको करणीको घटना भने यो मात्रै नभएको समेत अनुसन्धानका क्रममा खुलेको छ । उनी गाउँघरमा हुने राम्रै परिवारका थिए । चिसाङ खोलाले बस्ती बगाएपछि रेडक्रसले फडानीमा नयाँ बस्ती स्थान्तरण गरेको थियो । त्यो बस्तीमा यस्तो कृत्य भने अधिकारीको दोहोरिएको हो ।

उनी यस अगाडी समेत बालिका करणीमा संलग्न भएको एउटा घटना गाउँघरमै मिलाएएको खुलेको छ । त्यो घटना गाउँमै मिलाउँदा उनमा अपराधका लागि थप बल मिलेको समेत बाहिर आएको छ । उनी भागेपछि यो विषय समेत प्रहरीले थाहा पाएको थियो । त्यसपछि पनि अनुसन्धान अधिकारीमा केन्द्रीत गरेको थियो । अधिकारी आफैंसँग जोडिएको अर्को घटना प्रहरीसम्म नआई गाउँघरमै मिलाएको कुराले पनि अहिले बारिह आयो, उनीसँग नजिक रहेका एक स्थानीयले भने–पहिला त त्यो कुरा कसैले भनेन तर अहिले चाँहि त्यो चर्चा आएको छ । प्रहरी उपरीक्षक कटुवालले भने घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेका बेला आएका कतिपय कुरालाई अहिले आधार बनाउन नचाहेको बताए । उनले भने ती सबै प्रारम्भिक कुरा हुन्, संस्थागत रुपमा प्रहरीमा दर्ता भएका बाहेकका मुद्दा हुन् वा हैनन् भनेर भन्न सकिने स्थिति छैन ।

प्रहरीले अनुसन्धानका क्रममा घटनामा एकजना मात्रै व्यक्ति संलग्न रहेको निष्कर्ष पहिल्यै निकालेको थियो । त्यो निष्कर्ष अनुसार प्रहरीले लामो समयसम्म यसको गम्भीरतालाई सुक्ष्म रुपमा हेरिरहेको थियो । प्रहरीले घटना भएको लामो समयपछि घाँस काट्न गएका लोचन शाही समेत तीनजनाले शव फेला पारेको स्थितिबाटै अनुसन्धान थालेको थियो । त्यस क्रममा हत्या भएको स्थानमा नै घाँस हुन्छ भनेर कसरी त्यहाँ पुगियो भन्नेसम्मका कुरालाई समेत जंगलभित्रको वस्तुस्थितिसँग दाँजेको थियो ।तर, लामो समयसम्म अनुसन्धान गरेको प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजानिक गरेको हो । व्यक्ति पक्राउ परेपछि भने अहिले पुराना घटनाहरुको बारेमा समेत बाहिर चर्चा सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्