दशै मनाएर फर्कने यात्रु समस्यामा

दशै मनाएर फर्कने यात्रु समस्यामा

 

दशैं मनाएर आ–आफ्नो बासस्थान र कार्यक्षेत्र फर्कनेको सडक तथा बसपार्कहरुमा भिडभाड छ । हरेक वर्ष चाडवार्डमा एक्कासी बृद्धिहुने यात्रुहरु र सवारी साधनहरु सिमित हुने हुंदा गाडिको टिकट नपाएर सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । बडादशै“ मनाएर आफ्नो कार्यक्षेत्र र बासस्थान फर्कनेको लर्को सडक तथा बसपार्कहरुमा लागेको भएपनि सहज रुपमा बसको टिकट नपाउदा उनिहरु समस्यामा परेका छन् । दशै मनाउन काठमाडौंबाट विराटनगर आएका सर्वसाधारणले पुनः काठमाडौ फर्कन सहज रुपमा टिकट नपाएको गुनासो गरेका छन् । यता पूर्व नेपाल यातायात व्यवसायि संघका बरिष्ठ उपाध्यक्ष्ँ भविष श्रेष्ठले दशैका समयमा भिडभाड बढ्ने कुरालाई मध्यनजर गरेर यात्रुहरुको सहजताका लागि गाडि थप गरिएको बताउनुहुन्छ । अन्य समयमा दैनिक १७ वटा गाडि काठमाण्डौका लागि छुटेपनि अहिले ३० देखि ३५ वटा सम्म गाडि काठमाण्डौ विराटनगर गर्नेगरेको उहा बताउहुन्छ ।

करिब एक महिना अघि देखि नै टिकट बुकिङ खुल्ला गरिएको भएपनि अहिले सम्म टिकट बुकिङ गर्नेको भिड नै लाग्ने गरेको उहा बताउनुहून्छ । यात्रुहरुले यातायात व्यवसायिहरले दशैको बेलामा भाडा दर बृद्धि गरेको गुनासो गरिरहेको भएपनि भाडा दरमा बृद्धि नगरेको उहा भनाई छ ।

अन्य समयमा सरकारले तोकेको भन्दा कम शुल्कमा दिने गरेको भएपनि दशैको समयमा छुट नदिई पुरा भाडा लिने गरेको उहा बताउहुन्छ । अन्य बेलामा १२ सय मुल्यको टिकटलाई छुट दिएर ९ सय देखि एक हजार सम्म व्यवसायिले लिने गरेको भएपनि यतिबेला भने छुट नगरेकाले अन्य समयको भन्दा बढि शुल्क लागेको संघको भनाई छ । अहिले दैनिक एक हजार देखि १२ सय सम्म यात्रुहरु विराटनगरबाट बाहिर गईरहेको पूर्व नेपाल यातायात व्यवसायि संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्