प्रेस चौतारी मोरङले सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने

प्रेस चौतारी मोरङले सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने

प्रेस चौतारी मोरङले आगामी कात्तिक ४ गते चाडपर्वको उपलक्ष्यमा सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने भएको छ । चौतारी मोरङको शनिवार बसेको बैठकले ४ गते काग तिहारको दिन वडा दशै, बकर इद , दीपावली , म्ह ः पूजा, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्ने भएको हो ।
प्रेस चौतारीले केहिबर्ष यता बर्षेनी गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिदै भव्य रुपमा यसबर्षपनि कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा विभिन्न कलाकारको प्रस्तुती सँगै सहभागिहरुले भरपुर मनोरञ्जन समेत लिने चौतारी मोरङ अध्यक्ष रामचन्द्र अधिकारीले बताए । यस्तै कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ चौतारी मोरङले देउसी भैलो खेल्ने कार्यक्रम समेत तय गरेको छ । देउसी भैलोको लागि विराटनगर उपहानगरपालिका क्षेत्रमा अध्यक्ष रामचन्द्र अधिकारी र पूर्वी मोरङका लागि उपाध्यक्ष केशरबहादुर चौहानको संयोजकत्व रहने चौतारी मोरङका सचिव सुदीप कोइरालाले बताउनु भयो ।
..........

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्