लायन्स क्लवका निर्वर्तमान अन्तराष्ट्रिय अध्यक्ष विराटनगर आउनु हुने

लायन्स क्लवका निर्वर्तमान अन्तराष्ट्रिय अध्यक्ष विराटनगर आउनु हुने

लायन्स क्लवका विश्वनेता एंव निर्वर्तमान अन्तराष्ट्रिय अध्यक्ष तथा अन्र्तराष्ट्रिय फाउण्डेसनका चेयर पर्सन लायन व्यारी जे पासर आगामी मंगलवार विराटनगर आउनु हुने भएको छ ।
लायन्स क्लवको नेपालको ४४ वर्षको ईतिहासमा क्लवका नेता लायन व्यारी जे पासर नेपाल भ्रमणको क्रममा पहिलो पटक विराटनगर आउन लाग्नु भएको हो ।
लायन्स क्लव ईन्टरनेशनलले विराटनगरमा आज पत्रकार सम्मेलनगरी जे पासर विराटनगर आउने भएपछी स्वागतका लागी भव्य तयारी गरेको जनाएको छ ।
लायन्सक्लव अन्तराष्ट्रिय ३२५ एवनले संचालन गरेको विभिन्न मानविय सेवाका कार्यक्रमको निरिक्षणगर्न उहा विराटनगर आउन लाग्नु भएको हो । जे पासरले सुनसरीको खनारमा रहेका लायन्स भिलेजको स्वागद्धारको उद्घाटन गर्नुहुने छ । अन्तराष्ट्रिय लायन्स क्वलको पहलमा गाउ निर्माण गर्न लागिएको हो ।
लायन पासरले मोरंग सिसवनी वडहराका ३० सुकुम्वासी परिवारलाइ जग्गा धनी पुर्जा वितरण गर्नुका साथै विराटनगर स्थित विराटेश्वर वृद्धा आश्रमको निरिक्षण गर्नु हुने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा वोल्दै अन्तराष्ट्रिय लायन्स क्लवका डिष्ट्रिक गर्भनर भिम घिमिरेले लायन्सका क्लवका विश्वकै नेता व्यारी जे पासर विराटनगर आउनु पुर्वाञ्चलवासीका लागीनै सुनौलो अवसर भएकाले उहाको माध्यमवाट ठुला ठुला योजनाहरु नेपाल ल्याउन सवै मिलेर पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वोल्दै एमयुएफ क्याविनेट ट्रेजजर लायन राजन खत्री तथा नेपाल पत्रकार माहासंघ मोरंगका अध्यक्ष महेन्द्र विष्टले स्वागत कार्यक्रमलाइ सवै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो ।
व्यारी जे पासरको स्वागत एंव सम्मानका लागी विमानस्थलमा पन्चेवाजा तथा विभिन्न प्रकारका झाकी समेतको आयोजना गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्