भैंसीलाई ओभरटेक गर्न खोज्दा एक मोटरसाइकल चालकको मृत्यु

भैंसीलाई ओभरटेक गर्न खोज्दा एक मोटरसाइकल चालकको मृत्यु

भैंसीलाई ओभरटेक गर्न खोज्दा एक मोटरसाइकल चालकको दुर्घटनामा परेर आइतबार मृत्यु भएको छ।

विराटनगर १५ बाट रानीतर्फ जाँदै गरेको को ११ प ९०८२ नम्वरको मोटरसाइकलले सडकमा हिंडिरहेको भैंसीलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल चालक विराटनगर १५ का ३४ वर्षीय सरोज खनालको मृत्यु भएको हो। तीव्र गतिमा रहेको मोटरसाइकल विराटनगर १८ जतुवास्थित सडकमा हिंडिरहेको भैंसीमा ठोक्किएको थियो।

मोटरसाइकल भैंसीमा ठोक्किएपछि उछिट्टीएर सडकमा पछारिन पुग्दा चालक खनाल गम्भीर घाइते भएका थिए। घाइते खनालको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्त ा डीएसपी प्रभुप्रसाद ढकालले जनाए। मोटरसाइकल इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्