विमानस्थल सुरक्ष्ाँ नियमावलीले बनाएको व्यवस्थाको खिल्ली उडाउ“दै

विमानस्थल सुरक्ष्ाँ नियमावलीले बनाएको व्यवस्थाको खिल्ली उडाउ“दै

 

असोज २८ विराटनगर, नागरिक उड्डयन प्राधिकरण विराटनगरको भीआईपी कÔमा नेपाल सरकारका सचिव वा सो भन्दा माथिका पदाधिकारी लगायत उच्च पदस्थ व्यक्तिहरु बाहेक एक जना भिआईपिका लागि ५ जना सम्म कार्यकर्ता मात्रै प्रवेश पाउने व्यवस्था छ । तर विमानस्थल सुरक्ष्ाँ नियमावलीले बनाएको सो व्यवस्थाको खिल्ली उडाउ“दै विमानस्थलमा कुनैपनि भिआईपि आउदा भिआईपि कक्ष्ँमा ग्वारग्वारती मान्छे छिराइने गरिएको छ ।

भीआईपीहरुको स्वागत तथा विदाई गर्न आउनेमध्येबाट Ôेत्रीय सुरÔा समिति, जिल्ला सुरÔा समिति, अञ्चलस्तरीय सुरÔा प्रमुखहरु लगायत उच्च पदस्थ व्यक्तिहरु बाहेक बढीमा पा“च जनाभन्दा बढीलाई भिआपि कक्ष्ँमा छिर्न नदिइने व्यवस्था छ । तर विराटनगर विमानस्थलको भिआपि कक्ष्ँ जो सुकै नेता आउदा पनि खचाखच हुने गरेको छ । विमानस्थलमा नेतालाई विमानस्थल रन वे सम्मै पुगेर स्वागत गर्न बानी परेका कार्यकर्ताको थेगिनसक्नु भीड जम्मा हुन्छ । जसले गर्दा विमानस्थलको सुरÔामा लथालिंग बन्न थालेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रमप्रसाद लुईटेलका अनुसार नेताहरुलाई लिन जाने र विदाई गर्न जाने कार्यकर्ताहरुले भरसक्के जहाज कै छेउमा पुग्न पाए हुन्थ्यो जस्तो गरी गर्ने व्यवहारले प्रशासन समेत हैरान बनेको छ । यस विषयमा छलफल गरी निकास निकाल्ने उहाले बताउनुभयो ।

फलानो पार्टीको कार्यकर्ता भन्नेवित्तिकै प्रहरीले भीआईपी कÔभित्र छिर्न दिने प्रचलन पछिल्लो समय बढ्दै गएको छ । नेताहरुलाई लिन जाने र विदाई गर्न जाने कार्यकर्ताहरुले भरसक्के जहाज कै छेउमा पुग्न पाए हुन्थ्यो जस्तो गरी गर्ने व्यवहारले प्रशासन समेत हैरान बनेको छ । नेताहरु आउ“दा धेरै मान्छे जम्मा पार्ने होडबाजीले गर्दा रोक्न खोज्दाखोज्दै पनि आफुहरुले नसकीरहेको विमानस्थल सुरक्ष्ाँमा खटिएका सुरक्ष्ाँकमीहरुको भनाई छ । नागरिक उड्डयन प्राधिकरणका विराटनगरका निर्देशक सुधिरकुमार चौधरी नेता तथा कार्यकर्ताहरुले जोरजवरजस्ती भिआईपि कक्ष्ँ भित्र प्रवेश गर्नेगरेको बताउनुहुन्छ ।

दलका शीर्È नेता र सत्ताधारी मन्त्रीहरु आउ“दा स्वागत गर्न विमानस्थल जाने कार्यकर्ताहरुको भीडले भिआपि कक्ष्ँ खचाखच हुने गर्छ । सबैले आङ्खना नेताहरुलाई विमानस्थलदेखि नै जयजयकार गरेर सवारीको ता“ती लगाउ“दै गन्तव्यस्थलतिर लाने गर्छन । विराटनगर विमानस्थल पूर्वÔेत्रकै व्यस्त Ôेत्रीय विमानस्थल हो । यहा“बाट दैनिक दुई दर्जन विमानहरुले उडान भर्नुका साथै १२ सयको हाराहारीमा यात्रुहरु ओहोरदोहोर गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्