करिब ३ लाख रुपैयाँ मुल्य बराबरको पटका सहित ४ जना पक्राउ

करिब ३ लाख रुपैयाँ मुल्य बराबरको पटका सहित ४ जना पक्राउ

तिहार र छट नजिकिदै गर्दा मोरङमा पटका भित्र्याउने क्रम बढेको छ । अबैध रुपमा भारतको जोगबनी नाकाबाट बिराटनगर पटका भित्र्याउने क्रम बढेको हो ।
पटका जन्य पदार्थ नियन्त्रणमा लागेको मोरङ प्रहरीले आज करिब ३ लाख रुपैयाँ मुल्य बराबरको पटका सहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको कटहरी घर भई बिराटनगर १४ गुद्रिमा पशल संचालन गरिरहेका दिनेश अग्रवालको दुर्गा भेराइटीजबाट प्रहरीले पटका बरामद गरेको छ । बिशेष सुचनाको आधारमा पसल र गोदाममा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले आकस्मिक चेकजाँच गर्दा अन्दाजी ३ लाख रुपैयाँ बराबरको माल्टा बारूद, रकेट बम, नागिन पटका, मिनी बुलेट, चक्लेट बम लगायतका पटकाहरू तथा पटकाजन्य सामाग्रीहरू फेला हो । प्रहरीले दिनेश अग्रवाल, सहित जमटोकी २ का संजिव मुखिया, रामचन्द्र मण्डल, सुरज मण्डललाई पक्राउ गरेको हो । उनीहरुले केही समय अघि पटका भारत जोगवनी लगायतका बिभिन्न ठाउँबाट क्यारियर मार्फत ल्याएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्