तास खेल्दै गरेको अबस्थामा पक्राउ

तास खेल्दै गरेको अबस्थामा पक्राउ

तास खेल्दै गरेको अबस्थामा पक्राउ परेका ६ जनालाई जिल्ला प्रसासन कार्यालय मोरङले जनही एक हजार रुपैयाँ जरीवाना गरेको छ । गएराती बिराटनगर १५ का राम थापाको घरमा तास खेलीरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै तास खेल्दै गरेका उनीहरुको साथ बाट प्रहरीले ३४ हजार ५सय ५० रुपैयाँ समेत बरामद गरि राजस्बमा दाखिला गरेको छ । पक्राउ पर्नेमा घरधनी बिराटनगर वडा नंम्बर १५ का ५९ बर्षिय राम थापा , बिराटनगर ९ का ४२ बर्षिय बिजय महासेठ , ९ का बरुण धाडेवा , १२का सुनलि साह , ११ का मुरारी साह र ५ का तरुणं यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्