हुदहुद आँधीको प्रभाव पूर्वाञ्चलमा

हुदहुद आँधीको प्रभाव पूर्वाञ्चलमा

भारतको आन्ध्र महासागरबाट आएको हुदहुद आँधीको प्रभाव पूर्वाञ्चलमा परेको छ । गएराती पुर्बी क्षेत्रमा ठुलो बर्षा भएको छ । हुदहुद आँधीकै कारण आइतबार बेलुकादेखि नै मौसममा परिवर्तन आएको भएपनि गएराती यसको प्रभाव देखिएको हो ।
पूर्वाञ्चलमा आँधीले छोएर मात्र जाने भएपनि आज बिहान सम्म बर्षा भएको थियो । तर अब भने मौमसमा सुधार आएको पूर्वाञ्चल क्षेत्रीय हावापानी फिल्ड कार्यालय बिराटनगरले जनाएको छ । कार्यलयका अनुसार पछिल्लो दुई महिना गएराती अधिकतम बर्षा भएको छ । गएराती ५७ दशमलव १ मिलिमिटर बर्षा भएको हो ।
यह अघि सेप्टेम्बर २६ तारिखमा यसमा केही कम ५४ दशमलव ४ प्रतिशत मात्र बर्षा भएको थियो ।
हिउँदो सुरु भएसँगै तामक्रम क्रमशः घट्न थालेको छ । असोज २२ गते विराटनगरमा अधिकतम तापक्रम ३५ दशमलव चार डिग्री सेन्टिग्रेट भएकोमा २३ गते घटेर ३४ दशमलव पाँच, २४ गते ३४ , २५ गते ३३ दशमलव छ , २६ गते ३१ दशमलव पाँच र २७ गते २९ डिग्री सेन्टिग्रेटमा झरेको छ । न्यूनतम तामक्रम समेत पछिल्ला दिनमा क्रमशः घट्दै गएको छ ।
हिजो २९ डिग्री सेन्टीग्रेट तापक्रम भएकोमा आज बिहान नौ बजेको तापक्रम हिजोको तुलनामा घटेर २५ डिग्री सेन्टीग्रेडमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्