तिहारमा पनि ग्यास अभाव

तिहारमा पनि ग्यास अभाव

पुर्वका ग्यास उद्योगहरुमा ग्यासको मौज्दात नहु“दा तिहारमा समेत ग्यास अभाव हुने देखिएको छ । हरेक बर्ष ११ प्रतिशतले ग्याँसको माग बढे पनि सरकारले चार बर्ष देखि ग्याँसको कोटा नबढाएको कोशी ग्याँस उद्योगका म्यानेजर सचित उपाध्यायले बताउनुभयो । निगमले ग्यँसमा कोटा नबढाएसम्म ग्यास अभाव कायमै रहने उहाको भनाई छ । उहाले विहीवार आएको ग्यास शुक्रवार नै बिक्रि भइसकेकोले उद्योगमा ग्यासको मौज्दात नभएको बताउनुभयो । थप दुई पिडीओ ग्यास भारतबाट आइ पुग्न कम्तीमा छ दिन लाग्ने भएकाले तिहारमा समेत ग्यास दिन नसक्ने उपाध्यायको भनाइ छ । कोसी ग्यासले हरेक महिना नौ लाख सिलिन्डर ग्याँस बिक्रि गर्दै आए पनि असोज महिनामा भारतबाटै कम ग्यास आएकाले करिव ८ लाख सिलिन्डर ग्याँस मात्रै बजारमा पठाएको जनाएको छ । यता रिजालको उद्योगका सञ्चालक नविन रिजालले पाच महिना देखि नै बजारमा ग्याँस अभाव भए पनि सम्बन्धित निकायले ध्यान नदिंदा चाडबाडमा अभाव भएको बताउनुभयो ।
उद्योगमा ग्यास स्टक नरहेको र भारतबाट पनि तत्काल आउने अबस्था नभएकाले शनिबार देखि बजारमा ग्यास पठाउन नसक्ने उहाले बताउनुभयो । आयल निगमको क्षेत्रीय कार्यालय विराटनगरलले पूर्वाञ्चलमा बैशाखदेखि असोजसम्म उस्तै रेसीयोमा ग्याँस आयात भए पनि असोज महिनामा ज्यादा समस्या देखिएको जनाएको छ । निगमको तथ्याङक अनुसार बैशाखमा दुई हजार सात सय ६८ मेट्रीकटन, जेठमा एक हजार सात सय ८३, असारमा तीन हजार ६६, साउनमा दुइ हजार तीन सय ३५, भदौमा तीन हजार तीन सय ५१ र असोजमा दुई हजार सात सय २२ मेट्रीकटन ग्यास आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्