“यातायात ब्यवसायसँग सम्बन्धीत सवै क्षेत्र जिम्मेवार हुनुपर्ने ” – महानिरिक्षक नवराज सिलवाल-

“यातायात ब्यवसायसँग सम्बन्धीत सवै क्षेत्र जिम्मेवार हुनुपर्ने ” – महानिरिक्षक नवराज सिलवाल-

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक नवराज सिलवालले यातायात ब्यवसायसँग सम्बन्धीत सवै क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।  विराटनगरमा पूर्व नेपाल बस ब्यवसायी संघले आयोजना गरेको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै सिलवालले ब्यवसायी यात्रुमैत्री नभएसम्म समस्या आउने बताउनु भएको हो ।
सामाजिक उत्तरदायित्व बोकेर पनि अहिलेसम्म ब्यवसायिक रुपमा जसरी अगाडी बढ्नु पर्ने हो त्यो अनुसार ब्यवसायी अघि बढ्न नसकेको उहाले बताउनुभयो । ट्राफिक प्रहरी पनि कतिपय ठाउँमा सही नभएको र त्यस्ता ट्राफिक प्रहरीलाई कार्वाहीको क्रममा आफुहरु रहेको उँहाले बताउनुभयो । प्रहरी नायब महानिरिक्षक सिलवालले ब्यवसायि र प्रहरी दुवै क्षेत्रबाट कानुन उल्लंघन गर्नेलाई कडा कार्वाही गरिने बताउनुभयो ।
कार्यक्रममा पूर्व नेपाल बस ब्यवसायि समितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको छ । १२ औ साधारण सभा तथा ११ औ अधिबेशनवाट निर्वाचित सदस्यहरुलाई पदस्थापन तथा सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल यातायात ब्यवसायि महासंघका संयोजक तथा पदाधिकारीहरु, मोरङका प्रहरी प्रमुख ठुले राई, ट्राफिक सचेतना मञ्चका अध्यक्ष रेवत बहादुर कार्कीलगायतले शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्