“संघिय प्रदेश ६ वटा हुने” -मन्त्री महेश आचार्य

“संघिय प्रदेश ६ वटा हुने” -मन्त्री महेश आचार्य

नेपालको संघिय प्रदेश ६ वटा हुने वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री आचार्यले सवै जातजाति तथा भाषाभाषाी समुदायको पहुच र उपस्थिति वढाउन छ प्रदेश उपयुक्त हुने बताउनु भएको हो ।
धेरै प्रदेश मुलुकले धान्न नसक्ने भन्दै पहिचान र सामथ्र्यको आधारमा ६ प्रदेश नै उपयुक्त हुने मन्त्री आचार्यको भनाई छ । संविधानका विवादित विषयमा दलहरुवीच सहमती कायम जनमत संग्रहमा गएर माघ ८ मै संविधान जारी गर्नुपर्ने बताउनु भयो ।
कात्तिक १५ गतेसम्म संविधानका विवादित विषयमा सहमती जुटाउन दहरुवीच वार्ता र छलफल गर्ने सहमती भएको जानकारी दिनुहुँदै मन्त्री आचार्यले संविधान जारी गर्ने मिति माघ ८ गतेलाई प्रभावित गर्नेगरी कार्यतालिका परिवर्तन गर्न नहुने वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्