बिराटनगर २० स्थित एक घरबाट एक किलोग्राम एक सय ग्राम गाँजा बरामद

बिराटनगर २० स्थित एक घरबाट एक किलोग्राम एक सय ग्राम गाँजा बरामद

मोरङको बिराटनगर २० स्थित एक घरबाट आज प्रहरीले एक किलोग्राम एक सय ग्राम गाँजा बरामद भएपछि बेचबिखनमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।
गाँजा बचेबिखनमा संलग्न बिराटनगर २० का ३८ वर्षिय नारायण यादबलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । उनको घरबाट प्रहरीले एक किलोग्राम एकसय ग्राम गाँजा र गाँजा बेचेको एकलाख उन्नसाठी हजार सातसय अन्ठाउन्न रुपैयाँसमेत बरामद गरेको घरमा गाँजा बेच्ने गरेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनालको नेतृत्वमा गएको प्रहरी टोलीले उनको घरमा छापा मारी गाँजासहित पक्राउ गरेको हो । यादबलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्