देउसी- भैलोका ति दिन !

<span class='c1'>देउसी- भैलोका ति</span> <span class='c2'>दिन !</span>

यतिबेलै का दिन त हुन् नि ति दिन , जतिबेला हामि देउसी-भैली खेल्ने भनेर तयारि गर्थ्यौं ! कोहि प्यारोडी गीत लेख्थ्यों , कोहि परम्परागत देउसिमा गाईने गीतका टुक्राहरू थप-घट गर्थ्यौं ! पूजा कोठा बाट झ्याली-झ्याम्टा बोकेर लुकाउँदै रिहर्सल गर्ने ठाऊँ सम्म पुर्याउँथ्यौं ! १० बर्ष का ठिटा देखि ६० बर्ष का बुढा बा तुलाशिराम शर्मा, तिलकराम शर्मा , रामराज पोखरेल हरु  सबै एकै ठाऊँ मा अटाएका थियौं !  ति सबैलाई समेटेर एकजुट बनाउने श्रेय  चाहिं कृष्ण प्रसाद भण्डारी "मार्सेली" लाई जान्थ्यो हामि सबै "हिमाली-चेष-क्लब " को लागि देउसी खेल्न एकाकार भएर लाग्थ्यौं ! हामीले त केटा-केटि छँदै पो सामुहिक भलाइका लागि देउसी-भैली खेल्ने गरेका थियौं ! कत्ति रमाईला थिए ति दिन !
त्यस्ता उरन्ठेउला केटाहरुलाई देउसी भैलो को जिम्मेवारी दिएर अघि बढाउने सोच कत्ति राम्रो रहेछ ! हामि प्रति कत्रो विश्वाश रहेछ !हामि पनि त कत्ति विश्वाश गर्न लायक  रहेछौं नि ! न त हामीलाई व्यक्तिगतरुपले पैसा चाहिएको थियो न त व्यक्तिगत रमाईलो गर्नु थियो ! हामि त हाम्रो गाउँ मा  एउटा पुस्तकालय खोल्न चाहन्थ्यौं ! पुस्तकालय भवन बनाउन चाहन्थ्यौं ! त्यसका लागि हामि घर-गाऊँले संग रुपियाँ -पैसा उठाउन चाहन्थ्यौं भने , स्व. नारायण प्रसाद कोइराला बाट एक कठ्ठा जग्गा चाहन्थ्यौं !
हामीलाई एउटा पुस्तकालय भवन किन चाहिएको थियो ? वास्तवमा , हामीले पुस्तकालय भवन नै  नबनाई २२/२३ ओटा  स्थानीय, राष्ट्रिय र हिन्दि पत्र-पत्रिका , म्यागाजिन हरु भेला पारेर पढ्न थालिसकेका थियौं ! त्यतिबेला हामि (हाम्रो घर) भर्खरै नयाँ वस्तीमा आएका थियौं ! त्यहाँ पुस्तकालय र खेलकुद का सामान थिएनन ! बरगाछीमा हामि दुई बर्ष बसेकाथियों , पहाड बाट बसाईं सरेर आएका ! त्याहाँ गुराँस -पुस्तकालय थियो ! बरगाछी पहिले देखि नै शिक्षित ठाऊँ थियो ! हामि चाँदनी -चोक मा बस्यौं , करीब २ बर्ष !
कंचंबारिमा एउटा पुस्तकालय थियो तर अपुरो र अब्यबस्थित ! हाम्रो टोल आफैंमा ठुलो टोल थियो ! थुप्रै बाल-बालिका थियौं ! खालि समयमा नहर पौडी खेल्न जाने , दिउँसै ताश खेलेर बस्ने पो गर्थे , केटा-केटि हरु त ! हामि पनि त्यस्तो माहोल मा  खालि समयमा बरालिने सम्भावना भएकोले "मार्सेली" ले हाम्रो उज्ज्वल भविष्यको लागि एउटा पुस्तकालय को परिकल्पना गर्नुभयो र गाऊँको बिचमा २ ओटा वर-पिपल  का विरुवा रोप्न लगाएर एउटा काठ को फलैंचा बनाईदिनुभयो ! साँझ पख स्कुल बाट आईसकेपछि त्यहि फलैंचामा बसेर पत्र-पत्रिका पढ्नु भनेर शुरु-शुरुमा २/४ ओटा नेपालि पत्रिका र एउटा हिन्दि पत्रिका ल्याउने बन्दोबस्त गरिदिनुभयो ! चन्द्र-शिव राइस-मिल ले पनि एउटा पत्रिका किनिदिन्थ्यो ! त्यसरी नै नगर-पंचायत ले र अरु बजारका ठुला मारवाडी-ब्यापारी हरुले  पनि  अर्ध-वार्षिक र वार्षिक पत्रिका  दिन्थे !देउसी-भैलो खेलेर पैसा उठाउन थाले पछि त क्यारम-बोड , चेष, भलिवल र फूटबल पनि थपिदै गए ! परिणामस्वरूप, हामीलाई एउटा पुस्तकालय चाहिएको थियो !
नभन्दै, स्व. नारायण प्रसाद कोइरालाले हामीले देउसी खेल्न जाँदा , दश धुर जग्गा दिनिभायो र हाम्रो हौसला बढाउनु भयो ! तिन बर्ष सम्म लगातार हामि वाहाँ को घर मा देउसी खेल्न गयौं र हामीले जम्मा पारेको रुपियाँ-पैसा समेत जोडेर डेढ कठ्ठा जग्गा बनायौं ! पछि रामराज पोखरेल को परिकल्पनामा बिन्ध्यावासिनी मन्दिर पनि खोल्यौं ! प्यागोडा शैलीको देवीको मन्दिर अहिले यो क्षेत्रको लागि नै  गर्व को तिर्थस्थल भएको छ ! रेवतीराज सुबेदीले आफ्नै खर्चमा धर्म-शाला भनेर ठुला-ठुला २ कोठा बनाई दिनुभएको छ ! मन्दिर को प्रांगण भित्र नै  शिवालय खडा गरिएको छ , रिजाल हरुको खर्च मा ! पोखरेल हरुको जमरा घर माथिल्लो तलामा छ !
लक्षमण पौडेल, प्रमोद पोखरेल, प्रकाश पोखरेल , नवराज पोखरेल, जगदीश पोखरेल, बासु भण्डारी, पुरुषोत्तम भण्डारी, पुरुषोत्तम रेग्मी, कुवेर रेग्मी , भोला गौतम , मुरारी गौतम , नारायण गौतम, श्याम गौतम, नारायण प्रा. आचार्य, कृष्ण गौतम, गोपी ग्यांवाली, ध्रुव ज्ञावाली, मनिराम तिम्सिना , सन्तोष वानिया, प्रकाश वानिया, धर्म वानिया , नविन वानिया, युवराज गौतम , नारायण प्रा. घिमिरे , केदार घिमिरे, शम्भु घिमिरे ...............सरद राज सुबेदी, शुशिल सुबेदी , सुरेश सुबेदी ..........यस्तै यस्तै अरु धेरै नाम हरु लाई कहिल्यै बिर्सिन सकिदैन र बिर्सनु पनि हुदैन !
यी सबैलाई समेटेर मियो को काम गर्ने कृष्ण प्रसाद भण्डारी "मार्सेली " त झन् सबैले सम्झिरहनु पर्ने व्यक्तिमा पर्नुहुन्छ !
अहिलेका भाई-बहिनि हरु ! यसपालिको देउसी भैलो कसरि र के को लागि खेल्दै छौ  नि ?
पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्