माघ ८ गते संविधान जारी गर्ने विषयमा दलहरुले प्रतिवद्धता जनाइसके :अध्यक्ष गच्छदार

माघ ८ गते संविधान जारी गर्ने विषयमा दलहरुले प्रतिवद्धता जनाइसके :अध्यक्ष गच्छदार

मधेशी जनअधिकार फोरम( लोकतान्त्रिक)का केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारले संविधानका विवादित विषयलाई टुङग्याउन आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्न लागेको वताउनु भएको छ।

सुनसरीको चिमडी गाविसको दैता गाउँमा आज आयोजित थारु सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष गच्छदारले माघ ८ गते संविधान जारी गर्न पार्टी सक्रिय रुपमा लागेको वताउनु भयो ।

उहाँले संघीयता, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन पद्धतिका मूलभूत विषयमा दलहरुवीच विवाद देखिएकाले त्यसलाई टुङग्याउन आफूले जिम्मेवारीपूर्वक गंभीर भएर लाग्ने दृढता व्यक्त गर्नु भयो ।

उहाँले माघ ८ गते संविधान जारी गर्ने विषयमा दलहरुले प्रतिवद्धता जनाइसकिका हुनाले सवैको सहमतीमा संघीय लोकतान्त्रिक संविधान ल्याउनु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष गच्छदारले ठूला जिम्मेवार पार्टीहरुले प्रदेशको संख्याको विषयमा गैर जिम्मेवार अभिव्यक्ति दिएर मुलुकलाई मुडभेडतर्फ धकेल्न खोजेको आरोप लगाउनु भयो ।

अध्यक्ष गच्छदारले यस अघि गठन गरिएको उच्चस्तरीय संविधान सुझाव आयोगले १० प्रदेश तथा राज्य पुनसंरचना समितिले १४ प्रदेश कायम गर्न दिएको सुझावलाई ग्रहण गरी वीचको वाटोवाट सवैलाई मान्य र पहिचान खुल्ने प्रदेशको निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्