‘अनौठो मुलुक ः अनौठा अनुभूति’ नियात्रासङ्ग्रहमाथि परिचर्चा

‘अनौठो मुलुक ः अनौठा अनुभूति’ नियात्रासङ्ग्रहमाथि परिचर्चा

करिब चार दशकदेखि नेपाली नियात्रा साहित्य लेखनमा सक्रिय चन्द्रप्रसाद भट्टराईको पछिल्लो नियात्रासङ्ग्रहको विराटनगरमा परिचर्चा गरिएको छ ।
आज पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा ‘अनौठो मुलुक ः अनौठा अनुभूति’ नियात्रासङ्ग्रहमाथि परिचर्चा गरिएको हो ।
कार्यक्रममा समालोचक भूषण ढुंगेलले नियात्रासङ्ग्रहबारेमा टिप्पणी गर्दै कृतिले नियात्राकार चन्द्रप्रसाद भट्टराईको साहित्यिक उचाइ बढाएको बताउनु भयो । भट्टराईले पकुवान्यूगिनी बसाइका क्रममा देखे भोगेका विषयलाई समेटेर नियात्रासङ्ग्रहमा प्रकाशन गर्नु भएको हो । भट्टराई पपुवान्यूनिगी सरकारको आर्थिक सल्लाहकारका रुपमा चार वर्ष काम गर्नु भएको थियो । २२ वटा नियात्रा यो संग्रहमा समावेश छन् । समालोचक ढुंगेलले भट्टराईको नियात्रा नेपाली साहित्यका लागि अमूल्य कृति भएको दाबी गर्नु भयो ।
नेपालभन्दा तीन गुणा ठूलो मुलुक पपुवागिनीमा ६० लाख मात्रै जनसंख्या हुनु, ८ सयभन्दा बढी भाषा र जाति हुनु, दिनहुँ हुने काटमार सामान्य लाग्नु, मान्छेले मान्छेको मासु खानु, जातीय द्वन्द्व हुनुलाई पपुवान्यूगिनीको विशेषताका रुपमा कृतिले उठाएको छ ।
प्राध्यापक एवं समालोचक डा. हरिहर भण्डारीले कृतिमा अर्थशास्त्र, संस्कृति, रीतिरिवाज, परम्परा र साहित्य मिसिएको बताउनु भयो ।
समालोचक दधिराज सुवेदीले कृतिभित्र छिरेको पाठक पढिनसकुञ्जेल बाहिर निस्कन नसक्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि भाषाशास्त्री बालकृष्ण पोखरेल, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकार गोकुल अधिकारी, राधिका गुरागाईंलगायतले कृतिका विषयमा चर्चा गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्