आज तराईका जिल्लामा होली पर्व मनाइँदै

<span class='c1'>आज तराईका जिल्लामा</span> <span class='c2'>होली पर्व मनाइँदै</span>

काठमाडौं । पहाडमा बिहीबार मनाइएको होली पर्व आज तराईका जिल्लामा मनाइँदैछ । तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ ।

रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ ।

पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । होलीमा प्रयोग गरिने रङहरूको आआफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो ।

भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । होलीको अवसरमा सरकारले शुक्रबार तराईका जिल्लामा सार्वजानिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्