तराइमा मनाइने छठ पर्ब आजदेखि विधिपूर्वक सुरु

तराइमा मनाइने छठ पर्ब आजदेखि विधिपूर्वक सुरु

तराइमा मनाइने छठ पर्ब आजदेखि विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखी सुरु भएको हो ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छट पर्ब अहिले पहाडी समुदायमा समेत आस्थाको बिषय बन्न थालेको छ । छठ पर्ब पहिले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरि मनाइन्छ ।
पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।
पहिलो दिन आज व्रतालुहरु नहा खा अर्थात् नुहाएर खाने गर्दछ अर्थात् जीउ चोख्याउने काम गर्दछन् ।

त्यस्तै पर्वको दोस्रो दिन भोली खर्ना मनाइनेछ । खर्नाका दिन व्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् । तर राती भने नुन नहालेको खानेकुरा खाने चलन छ ।
त्यस्तै षष्ठीका दिन अर्थात् बुधबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
ब्रतालुहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा बसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै पिठार र सिन्दूर , अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताउदो सुर्यलाई अर्घ दिने चलन छ ।
त्यस्तै त्यसको भोलिपल्ट बिहीबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पु¥याउनुपर्छ तर चढाउने सामथ्र्य नभएका गम्हरी चामल मात्र चढाए पनि देउता प्रशन्न हुनुहुन्छ भन्ने विश्वास पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्