सूर्यको आराधना गरी मनाइने छठपर्वअन्तर्गत आज दोस्रो दिन

सूर्यको आराधना गरी मनाइने छठपर्वअन्तर्गत आज दोस्रो दिन

सूर्यको आराधना गरी मनाइने छठपर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ ।
गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भुई सृगारी ब्रतालुहरुले आज दिनभर उपवास बसेका छन् ।
केहीबेरमा चन्द्र दर्शन गरिसकेपछि माटोकोे नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्