छठपर्वको तेस्रो दिन षष्ठी तिथिमा आज अस्ताउँदै गरेको सूर्यको अघ्र्य अर्पण

छठपर्वको तेस्रो दिन षष्ठी तिथिमा आज अस्ताउँदै गरेको सूर्यको अघ्र्य अर्पण

बिराटनगर,कार्तिक १२ : कात्तिक शुक्ल चतुर्थी तिथिबाट व्रतालुले विधिवत्रुपमा चोखो भएर सुरु गरेको छठपर्वको तेस्रो दिन षष्ठी तिथिमा आज अस्ताउँदै गरेको सूर्यको अघ्र्य अर्पण गरि मनाइएको छ ।
जलाशयका किनारमा पूजाका सामग्री राखेर छठपर्व मनाइने भएकाले मोरङलगायत पूर्वाञ्चल क्षेत्रका खासगरी तराईका जिल्लामा छठ मनाइने जलाशय क्षेत्रलाई पूर्णरुपमा सफासुग्घर गर्नुका साथै बेहुलीझैँ शृङ्गारिएको छ ।
छठ पर्बको अबसरमा बिराटनगरका विभिन्न जलासय तथा नदि किनारमा सर्बसाधारणको घुइचो रहेको थियो । अहिले भने राती जागराम बस्ने रहेका छन् ।
तराईमा हर्षाेल्लासका साथ मनाइने छठ पर्बका लागी बिराटनगरका विभिन्न भागमा रहेका नहर पोखरी तथा सिगिंया खोला सृगारीएका छन् ।
अस्ताउदो सुर्यलाई अर्घ दिन सर्बसाधारणहरु ढुलो ढक्की तथा नागंलोमा फलफुल नैबेद्य तथा अक्षता अबिर लिएर छठ घाटसम्म पुगेका थिए । भोली विहान उदाउदो सुर्यलाई अर्घ दिदै छठ पर्ब सम्पन्न हुन्छ । प्रहरीले आज दिउँसोदेखी नै छठपर्बलाई ध्यान दिदै गस्ति समेत बढाएको छ ।
भिडभाडको बेला अप्रिय घटनाहुन नदिन उल्लेख्य प्रहरी परिचाल गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्