नेसनल जुनियर जेसीस लिडरशिप एकेडेमीको आज समुद्घाटन

<span class='c1'>नेसनल जुनियर जेसीस लिडरशिप</span> <span class='c2'>एकेडेमीको आज समुद्घाटन</span>

बिराटनगर,कार्तिक १४ : उपरोक्त सम्बन्धमा नेपाल भरिका जुनियर जेसिजहरुको भेला (3rd नेसनल जुनियर जेसीस लिडरशिप एकेडेमी ) को समुद्घाटन आज कार्तीक १४ गते सम्पन्न भएको छ । नेपाल जेसिजद्धारा नियुक्त राष्ट्रिय जुनियर जेसिज कोअर्डिनेटर जेसी अनबर हुसैनको सभापतीत्वमा सम्पन्न भयो । बिराटनगर जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिसका भुतपुर्व अध्यक्ष तथा जेसिआई अन्तराष्ट्रिय अध्यक्ष सिनेटर राजेन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा बिषेश अतिथि नेपाल जेसिसका बर्तमान अध्यक्ष सिनेटर सुसिलबाबु श्रेष्ठ उपस्थितीमा भएको उद्घाटन सभामा १ सय जना व्यक्तित्बको सहभागीता रहेको थियो । उक्त एकेडेमीमा नेपाल जेसिजका भुतपुर्व अध्यक्ष , नेपाल भरका अन्य विभिन्न जेसिज शाखाहरु र जुनियर जेसिज साखाहरु लगायतका साखा अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
भोली कार्तीक १५ गतेसम्म हुने राष्ट्रिय एकेडेमीमा विभिन्न तालिम कार्यक्रम गोष्ठिहरु सम्पन्न हुनेछन् । सो एकेडेमीमा निर्देशक जेसी रमित श्रेष्ठ रहनु भएको छ । कार्यक्रम बिराटनगर जेसिजको समिक्षालयमा हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्