पब्लीक स्टार बहुउद्देश्यीय सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

पब्लीक स्टार बहुउद्देश्यीय सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न

पब्लीक स्टार बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आफ्नो १२ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभाको अवसरमा सहकारीले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १७ जना उत्कृष्ट बचतकर्ता र १० जना उत्कृष्ट कर्जादातालाई सम्मान गरेको छ । साथै २०७० सालको एसएलसि परिक्ष्ाँमा सामाुदायिक विद्यालयबाट उत्कृष्ट श्रेणिमा उतिर्ण भएका ६ जना छात्रछात्रालाई स्वर्गिय जानुकादेवी पोखरेल स्मृतिकोषका तर्फबाट एक जनहि हजारका दरले छात्रबृति समेत प्रदान गरेको छ । कार्यक्रममा महिला सदस्यहरुबिच पब्ली स्टार भाग्यशाली चिठ्ठा समेत वितरण गरेको छ । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष्ँ डाक्टर उद्धव पोखरेलले संस्थाको कारोवारलाई अझै आधुनिक बनाउदै लैजाने र शेयर सदस्य संख्या बृद्धि गर्ने, शेयर पुजिमा बृद्धि गरी हालको रकमलाई दोब्बर बनाउने बताउने भयो । साथै संयुक्त सहकारी उद्योग व्यवसाय क्ष्ँेत्रमा लगानि गर्ने र त्यसलाई संचालनमा ल्याउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्