नयां स्वारज ७ सय ३५ एक्स टी बजारमा

नयां स्वारज ७ सय ३५ एक्स टी बजारमा

स्वाराज ट्रयाक्टरको आधिकारीक विक्रेता महावीर अटोमोबाइल्सले नयां स्वारज ७ सय ३५ एक्स टी बजारमा ल्याएको छ ।

विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच स्वराज ट्रयाक्टरका अन्र्तराष्ट्रिय बजार व्यवस्थापक दाबीन्द्र मलहोत्राले सो ट्रयाक्टरको बिक्रि सुरुआत गर्नुभयो । ७३५ एक्स टीले किसानहरुलाई कम लगानीमा धेरै फाइदा दिनसक्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले यसअघि आयात गर्दै आएको ७३५ एफ टी मोडलकै बिकसीत ट्रयाक्टरको रुपमा एक्स टीलाई चित्रण गरेको छ । कम्पनीले सो ट्रयाक्टरमा पावर स्टेरीङ,३ सिलिण्डर इन्जीन,साइड सिफ्ट गियर,डुअल क्लच,मोबाइल चार्जर,वेट ब्रेक लगायतको बिशेषता रहेको जनाएको छ । महाबीर अटोमोबाइल्सका संचालक मोहनलाल शर्माले सो ट्रयाक्टरले ग्राहकको मन जित्ने दाबी गर्नुभयो ।

बिक्री शुरु भएकै दिन सो कम्पनीले ३२ वटा ट्रयाक्टर एकैसाथ विक्रि गरेको छ । आजका दिन ट्रयाक्टर खरीद गर्नेहरुलाई सो कम्पनीले स्क्र्याच कुपन मार्फत विशेष उपहार समेत प्रदान गरेको छ । यस्तै ३२ जना ग्राहक मध्ये गरिएको गोलप्रथाबाट मोरङ अमरदहका रामप्रसाद साहले एक तोला सुन समेत उपहार प्राप्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्