महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको अवस्था लथालिंङग

महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको अवस्था लथालिंङग

पूर्वाञ्चलकै पहिलो र ठूलो सरकारी क्याम्पस कहलीएको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको अवस्था अहिले लथालिंङग छ । क्याम्पस प्रशासन र राज्यको पनि बेवास्ताका कारण क्याम्पसको अवस्था दिन दिनै धरासयी बन्दै गएको छ । क्याम्पसमा भएको सम्पत्ति पटकपटक चोरी हुदासमेत प्रशासनले क्याम्पसको सुरक्ष्ाँमा कुनै चासो नदेखाएपछि क्याम्पस दिनदिनै धरासायि बन्दै गएको हो ।

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा चोरी भएको छ । तिहार र छठको विदापछि आज क्याम्पस खुलेपछि क्याम्पसमा चोरी भएको थाहा भएको हो । क्याम्पसमा भएको बहुमुल्य वस्तुहरुको सुरक्ष्ाँमा क्याम्पस प्रशासनले कुनै चासो नदेखाएपछि क्याम्पसमा चोरी हुने क्रम बढ्दै गएको छ । चोरले पुस्तकालयको पूर्वपटिको झ्यालबाट छिरेर पुस्तकालयमा रहेको कम्पयुटरको ७ थान हार्डडिक्स एक थान कम्प्युटर मनिटर, एक–एक थान किबोर्ड र सिपियुसहित करिब २ लाख बराबरको सामान चोरी गरेको क्याम्पस प्रशासनले जनाएको छ

क्याम्पसमा चाडपर्वको वेला पनि खटाउने आफ्नै सेक्युरिटि गार्ड छन् । तर पनि चोरले विदाको मौका छोपेर चोरी गरेको क्याम्पस प्रशासनले जनाएको छ । सहायक क्याम्पस प्रमुख उमेश यादबका अनुसार यो भन्दा अगाडि पनि क्याम्पसमा पटकपटक चोरी हुदै आएको छ । क्याम्पस प्रशासनले सुरक्ष्ाँका लागि कर्मचारी समेत खटाईको र सुरक्ष्ाँ प्रवन्ध राम्रो रहेको उहा दावि गर्नुहुन्छ । यता प्रगतिशिल प्राध्यापक संघठनका अध्यक्ष्ँ देवी निरौला क्याम्पसमा चोरी हुनुमा क्याम्पस प्रशासनका साथै कर्मचारीहरु समेतको लापरवाहि रहेको बताउनुहुन्छ ।

क्याम्पसमा यो चोरी कुनै नौलो नभएको बताउदै उहा यसअघि क्याम्पसमा भएका कल, पानी तान्ने मोटर लगायतका विभिन्न सामाग्री चोरी भएको बताउनुहुन्छ । पटक पटक क्याम्पसमा हुने चोरीमा क्याम्पस प्रशासन र सुरक्ष्ाँ निकायले समेत चासो नदिएका कारण क्याम्पसमा भएका बहुमुल्य बस्तुहरु चोरी हुने क्रम बढ्दै गएको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरु बताउ“छन्

चाडपर्वको विदाको बेला पनि क्याम्पस प्रशासनले विश्वविद्यँलयले तोकेको भन्दा बढि सुविधा दिएर कर्मचारी खटाएको भएपनि क्याम्पसको बहुमुल्य वस्तुहरु हराउने र चोरी हुने क्रम बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्