हाटबजारमा माछाको विक्रिमा प्रतिबन्ध लगाएपछि व्यापारीहरुले नगरपालिकामा धर्ना ।

हाटबजारमा माछाको विक्रिमा प्रतिबन्ध लगाएपछि व्यापारीहरुले नगरपालिकामा धर्ना ।

विराटनगरउपमहानगरपालिका क्षेत्रका हाटबजारमा माछाको विक्रिमा प्रतिबन्ध लागाएपछि व्यापारीहरुले नगरपालिकामा मुल गेटमा २ घण्टासम्म धर्ना दिएका छन् ।सडक फोहर भएको भन्दै नगरपालिकाले कार्तिक १ गतेदेखि विराटनगर उपमहनगरपालिकामा लाग्ने हाट बजारमा माछाको विक्रिमा रोक लगाएको छ । तर माछा व्यपारीहरुले विराटनगर उपमहानगरपालिकाको निर्णय विपरित खुल्ला रुपमा हाटबजारमा माछा विक्रि वितरण गरेपछि नगर रक्षकहरुले साप्ताहिक हाटबाट माछा जफत गरेका थिए । हाटबजारमा माछा व्यापारमा रोकलगाएपछि व्यापारीहरुले आज नगरपालिकाको मुल गेट बन्द गरेर आवत जवतमा समेत रोक लगाएका थिए ।

नगरपालिकाले माछा बजारलाई व्यवस्थित गर्न नागरिक सरोकार मञ्च, टोल संघठन, जिल्ला पशु सेवा कार्यालय लगायतका उपभोक्तावादी संघसंघठनको सहयोगमा हाटमा विक्रिवितरण गर्न रोक लगाएको विराटनगर उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हिरालाल यादवले बताउनुभयो । यता माछा व्यवसायि संघ मोरङका अध्यक्ष मालबाबु शहनीले कुनै वैकल्पिक व्यवस्था नगरि माछा विक्रिमा लगाईएको रोकका कारण ४ सय भन्दा बढी व्यापरीहरुको रोजीरोटी खोसिएको बताउनुभयो ।

विराटनगर उपमहानगरपालिकामा हप्तामा २० भन्दा बढी स्थानमा हाट बजार लाग्ने गरेको छ । ती हाटमा माछाको मात्र १० लाख भन्दा बढीको कारोवार हुने गरेको छ । विराटनगरको मध्य भागमा रहेको गुद्रि बजारमा माछा व्यापार गर्दा फोहोर नहुने तर हाटबजारमा हामीले व्यापार गर्दा फोहोर हुने भन्दै माछा व्यापारीहरुले आक्रोसित भए । पशु बद्यस्थल तथा माछा, मासु विक्रि वितरणलाई व्यवस्थित गर्ने निर्दैशिका २०५८ अनुसार सो रोक लगाईएको उपमहानगरपालिकाले जनाएको छ । निर्देशिका विपरित हाटबजारमा खुल्ला रुपमा माछा मासु विक्रि वितरण गरेको पाईएमा २ हजारसम्म जरिवाना र व्यवसायिक इजाजतपत्र समेत खारेज हुने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्