जिल्ला वन अधिकृत र मन्त्रालय विच सम्झौता पत्रमा हस्ताक्षर ।

जिल्ला वन अधिकृत र मन्त्रालय विच सम्झौता पत्रमा हस्ताक्षर ।

बिराटनगर,कार्तिक १७ : वन संरक्षंण कार्यलाइ जवाफदेही र परिणाम मुखी बनाउन वनतथा भुसंरक्षण मन्त्रालयले चुरे क्षेत्रका वन अधिकृतसंग कार्यसम्पादन सम्झौता आज बिराटनगरमा गरिएको छ ।
वन तथा भुसंरक्षण मन्त्रालय र जिल्ला वन अधिकृत तथा भुसंरक्षण अधिकृतसंग पश्चिम नेपालको धनगडीवाट शुरु भएको सम्झौता विराटनगर सम्पन्न भएको हो ।
जिल्ला वन कार्यालय मोरङमा आज चुरे क्षेत्र अन्र्तगतपर्ने मोरङ, झापा, इलाम , सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनकुटा र भोजपुर जिल्लाका जिल्ला वन अधिकृत तथा भुसंरक्षण अधिकृत र मन्त्रालय विच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
यो अभियान कार्तिक ७ गते देखी धनगढीवाट शुरु भएको हो । सम्झौतापत्रमा वनको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन, वन क्षेत्र थप गर्ने वा पुर्नस्थापन गर्ने तथ गुणस्तरिय विरुवा उत्तपादन र नया कार्यक्रम गर्ने उल्लेख गरिएको छ । मन्त्रालय र वन अधिकृत विच भएको सम्झौता एक वर्षको रहने छ ।
कार्यक्रममा वोल्दै वन तथा भुसंरक्षण मन्त्रालयका सचिव सरद चन्द पौडेलले वन संरक्षणलाइ प्रभावकारी बनाउन मन्त्रालयले यो अभियान थालेको बताउनु भयो उहाले अभियानको समयमा वन अधिकृत वाट कुनैपनी वन संरक्षण विपरित काम भएमा तत्काल कारवाही गर्ने बताउनुभयो ।
मन्त्रालयका सहसचिव किरण सर्माले वन अतिक्रमण नियन्त्रण गर्न कार्यक्रम फलदाय हुने दावी गर्नुभयो । उहाले चुरेक्षेत्रका ३६ जिल्लामा वार्षिक ०दशमलवा १८ प्रतिशतका दरले वन विनास भइरहेको बताउदै यो अभियान त्यसलाइ रोक्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।
अभियानमा देशभरीका ३६ जिल्लाका वन तथा भुसंरक्षण अधिकृत संग सम्झौताले, २६ लाख ९० हजार १५ हेक्टर वन संरक्षण हुने जनाएको छ । यसैगरी सम्झौताले ९१ हजार ८ सय ९८ हेक्टर वन क्षेत्रको वैज्ञानिक व्यवस्थापन हुने तथा २५ हजार ६५ हेक्टर वन पुर्नस्थापन र थप हुने प्रस्तावमा उल्लेख गरिएको छ । सम्झौता अनुसार १ करोड ७२ लाख ४१ हजार विरुवा उत्तपादन हुने जनाइएकोछ ।
कार्यक्रममा मन्त्रालयका सचिव सर्मा भुसंरक्षण विभागका महानिर्देशक प्रेम नारायण कडेल तथा वन विभागका माहानिर्देशक राजन पोखरेल लगायतले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्