२० केजी चाँदी सहित एक जनालाई पक्राउ

२० केजी चाँदी सहित एक जनालाई पक्राउ

बिराटनगर,कार्तिक १८ : विराटनगर १३ शान्ति टोलमा जिल्ला प्रहरी कार्यालय मोरङको बिशेष प्रहरी टोलीले आकस्मिक चेकजाँच गर्ने क्रममा २० केजी चाँदी सहित एक जनालाई पक्राउ गरेको छ ।
सुनसरीको खनार ६ घर भई विराटनगर १८ भट्टिमोड बस्दै आएका ३२ बर्षिय अन्दाजी ११ लाख ४८ हजार रुपैयाँ बराबरको २० केजी चाँदी सहित राजकुमार साहलाई पक्राउ गरेको हो । उनलाई दिउँसो पक्राउ गरि थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
पक्राउ परेका साहले चाँदी साईकलमा राखेर झोलामा लुकाई छिपाई भारतको जोगवनी पुर्याउन लागेको प्रारम्भिक अनुसन्धान बाट खुलेको मोरङका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रभुप्रसाद ढकालले बताउनु भयो ।
बरामद भएको चाँदी थप अनुसन्धान र आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्