नेपाली संस्थालाइ दक्षिण एशियाली सम्मान ।

नेपाली संस्थालाइ दक्षिण एशियाली सम्मान ।

YFB
 सामाजिक संजालको प्रयोग गरि उत्कृष्ठ मानविय कार्य गरेको भन्दै दक्षिण एसियाका संस्थाहरुलाइ प्रदान गरिने इएनजिओ अवार्डबाट नेपाली संस्था युथ फर ब्लड सम्मानित भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार  भएको दक्षिण एशियाली संस्थाहरुको भव्य कार्यक्रम बिच युथ फर ब्लडलाइ भारतिय ५० हजार नगद, एप्पलको आइप्याड सहित इएनजिओ अवार्डले सम्मान गरिएको हो ।

दक्षिण एशियाका ८ राष्ट्रका ४ सय भन्दा बढि संस्थाहरु प्रतिस्पर्धामा सहभागी थिए भने ति मध्येबाट युथ फर ब्लड नेपालबाट एकमात्र फाइनलिष्टका रुपमा छनौट भइ बिजय बनेको हो । अवार्ड समारोहमा अवार्ड ग्रहण गर्दै संस्थाका संस्थापक सरोज कार्कीले भने, 'हामी उत्साहित भएका छौं र नियमित जीवन जोगाइरहने छौ' । कार्कीसँगै संस्थाका स्वयमसेवक संयोजक अंकित दासले संयुक्तरुपमा संस्थाको तर्फबाट उक्त सम्मान ग्रहण गरेका थिए ।


२०११ मा स्थापना भएको युवाहरुको संस्था युथ फर ब्लडले अप्ठ्यारोमा परेका बिरामीहरुका लागि रक्तदाता खोजिदिने कार्य गर्दै आएको छ । छोटो समयमै देशको १३ स्थानमा शाखा विस्तार गरि सकेको संस्थाले ४ हजार ५ सय भन्दा बढि जीवन जोगाइसकेको छ । यस अवार्डले नेपाली युवाहरु पनि उत्कृष्ठ कार्य गर्न सक्छन् भन्ने छाप छाडेको स्वयमसेवक संयोजक दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्