…..गुरु, अन्धकार भयो ! केहि देखिदैन ! -पुरुसोतम भण्डारी

…..गुरु, अन्धकार भयो ! केहि देखिदैन ! -पुरुसोतम भण्डारी

हो र ? कहाँ नेरी अन्धकार भयो, बालक ? गुरु, यहाँ नेरी त पुरै अन्धकार भयो !
एकछिन को प्रयत्न पछी , अब अलि उज्यालो भयो, बालक ? अब त पुरै छर्लंग भयो ,गुरु ! ................................................यो संवाद केहि बर्ष अघि बि.एड. फस्ट ईयर को एउटा बिद्यार्थी संग म आफैंले गरेको थिएँ ! बार्ह /पन्द्रह जनाको धेरै जसो केटा- र थोरैजसो केटीहरु भएको ग्रुप मा एकजना बिद्यार्थी , जो डम्म दारी पाल्थे र अरु भन्दा अलि गम्भीर पनि देखिन्थे , ले मलाई सधैं " गुरु" भनेर सम्बोधन गर्थे ! उमेर मा मैं जेठो भएपनि उनि मेरा दाजु जस्ता लाग्थे ! उनलाई जसरि भएपनि बि.एड. पास गर्नुथियो तर गाई खाने (उनको शब्द मा है !) भाषाले उनलाई धेरै दु:ख दिएको रहेछ !
धेरै बर्ष पछि त्यसरी गुरु भन्ने अरु २ जना बिद्यार्थी पनि मेरोमा पढ्न आए !एउटी बालिका थिइन् र अर्का चाहिं बालक थिए ! उनीहरु ठुलै क्लाश मा पढ्ने बिद्यार्थी भए पनि उनीहरुले मलाई गुरु भनेका हुनाले म पनि उनीहरुलाई बालक र बालिका नै भनेर बोलाउथें ! बालक चाहिं अहिले नेपाल आर्मीमा रहेछन र बालिका चाहिं फेस-बुक मा ! कहिले काहीं उनीहरुसंग भेट-घाट भैरहन्छ !
......................आज धेरै बर्षपछी यो कुरो सम्झना किन आयो ?अचेलभरि , म फुर्सदमा छु ! त्यसैले अन्यकुरो लेख्नु भन्दा आफ्नै कुरो लेखिराखे पछी आफैंलाई पनि काम लाग्ने र अहिले फेस-बुक मा बोल्ने मेलो पनि हुने ! मूल-कुरो त भर्खर-भर्खर पढाउन थालेका भाई-बहिनीहरुलाई पनि यसो काम लागि हाल्छ कि भनेर पनिलेख्दै छु !
मेरो आफ्नो अनुभव मा है , चाहे स्कुल का होउन या चाहे कलेजका बिद्यार्थी होउन , धेरैजसो बिध्यार्थिहरु पढेर कक्षा बाहिर निस्कँदा आ-आफ्नै पिडा लिएर भन्न थाल्छन ," खै ! आजपनि राम्ररि बुझिएन हौ ! ट्युसन नलिई हुँदैन होला !" कतिपय बिद्यार्थी त आफ्ना साथी-भाईलाई कोट्याएर सोध्न थाल्छन ! बिचरा ! बिध्यार्थिहरु भित्र-भित्रै पिडित हुन्छन तर प्रष्टसंग शिक्षक लाई सोध्न पनि सक्दैनन् ! कतिपय बिद्यार्थी आफ्नै साथी-भाई का लाजले पनि सोध्ने हिम्मत गर्दैनन् त कतिपयचाहिं सर को डर वा लाजले सोध्न सक्दैनन् ! त्यहिपनि उनीहरु कसरि बुझ्नेहोला भनेर छटपटाईरहेका चाहिं अवश्यनै हुन्छन !
त्यसैले उनीहरु बिद्यालय /विश्व बिद्यालय का कक्षा हरुले मात्रै सन्तुष्ट नभएर , ट्युसन सेन्टर तिर धऊँछ्न ! त्यस्ता ट्युसन सेन्टर मा चाहिं उनीहरु प्रष्ट रुपले आफ्ना कमि-कमजोरी भन्छन र गुरुहरु लाई छर्लंग पारिदिन अनुरोध गर्दछन !

मेरो अनुभव मा माथिल्लो ५% बिध्यार्थिहरु आफैं यति तीक्ष्ण हुन्छन कि उनीहरुलाई केवल उनीहरुले सोध्न र बुझ्न चाहेका खास-खास कुराहरु मात्रै भनिदिए पुगिहाल्छ ! अर्को तल्लो ५% बिद्यार्थी हरु आफैं भित्र यत्ति-धेरै ग्लानिले भरिएका हुन्छन कि सरले जे-जे सिकाएपनि म आफैं खत्तम छु , त्यसैले मैले कुनै प्रयास नै न-गरेपनिहुन्छ भन्ने हिन-भावनाले ग्रष्तछन र उनीहरु सिक्ने प्रयत्न नै गर्दैनन् !बिचका ९०% बिध्यार्थिहरु , जो सिक्ने र सिकाउने दुवै वातावरण मिलेमा " गुरु, छर्लंग भयो !" भन्ने स्थिति मा पुग्छन !

यस्तो अवस्थामा हामि शिक्षक हरु चाहिं यत्ति धेरै ब्यबसायी भएका छौं कि कुरै नगरौं ! हुन त हामि अन्धकारलाई हटाएर उज्यालो बनाईदिने पेशामैं छौं र हामीलाई सबैले "गुरु" नै भन्छन तर मलाई त लाग्न थालेको छ कि हामीले घर -घर मा बाल्ने बिजुलीमा मात्रै हैन कि यस्तो पवित्र पेशामा पनि लोड-शेडिंग गर्न थालेका छौं ! त्यसैले त होलानी , हामीले घर -घर मा महंगा -महंगा इन्भर्टर राखेर उज्यालो पारे जस्तै , स्कुल र कलेजको उज्यालो ले नपुगेर ट्युसन-सेन्टर रुपी इन्भर्टर लाई बढावा दिईरहेका छौं !
प्यारेन्ट्स हरु चाहिं , दुई थरिका इन्भर्टर को मारमा झन्-झन् अँध्यारा भैरहेका देखिन्छन !
कि कसो ?
पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्